म्याग्दी समाचार

रघुगंगामा विद्यालयसंग डाक्टर कार्यक्रम प्रभाबकारी

म्याग्दी १२ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाले सञ्चालन गरेको विद्यालयसंग डाक्टर कार्यक्रम प्रभाबकारी बनेको छ । गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीद्धारा घुम्ती रुपमा सचेतनामुलक कार्यक्रम गर्ने अयिभान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र रहेका ३३ वटै सामुदायिक विद्यालयमा पुग्ने गरि विद्यालयसंग डाक्टर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख... पुरा पढ्नुहोस

सीमावर्ती बस्ती लोमान्थाङमा केन्द्रीय लाइनको विद्युत् बिस्तार

म्याग्दी १२ मंसीर । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेका हुन् । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविर : मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री बेनी १२ मङ्सिर । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरि पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको हो । पर्यटन मन्त्रालयबाट... पुरा पढ्नुहोस

म्याग्दीका पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन, युवाहरुको बर्चश्व

बेनी, १२ मंसिर । नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशन अन्तर्गत एक नगरपालिका र चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिका सहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका गरि पाँच वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।... पुरा पढ्नुहोस

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा सेरबहादुर केसी

  बेनी, १२ मंसिर । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान... पुरा पढ्नुहोस

नेपाल तरुण दल भगवतीको अध्यक्षमा अर्जुन भण्डारी

म्याग्दी, ११ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ । शनिबार भगवती कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षतामा ८१ सदस्यीय तरुण दल वडा इकाइ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा मोहन केसी, गोकणर् थापा, सञ्जन जिसी,... पुरा पढ्नुहोस

जलजलामा दिपक आचार्यको नेतृत्वमा माओवादी केन्द्र 

  पर्वत, ११ मंसिर । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाको अध्यक्षमा दिपक आचार्य चयन हुनुभएको छ । मिलनचोकमा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनबाट आचार्यको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । उपाध्यक्षमा दुर्गाबहादुर दर्जी, गौबहादुर पुन र सीता मल्ल चयन हुनुभएको छ । सचीबमा सोम जिसि, सह सचिब रबिन... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र) रघुगंगाको अध्यक्षमा हरि भण्डारी निर्वाचित

म्याग्दी ११ मंसिर ।  नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा,सह–सचिबमा कर्ण... पुरा पढ्नुहोस

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

म्याग्दी ११ मंसिर । नेकपा माओबादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक रहनुभएको छ । सचिबमा रेशम पुन, सहसचिबमा चक्र पुन र... पुरा पढ्नुहोस

माओवादी केन्द्र मंगलाको अध्यक्षमा याम रोका

  म्याग्दी ११ मंसिर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ । शनिबार बाबियाचौरमा सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका... पुरा पढ्नुहोस