म्याग्दी समाचार

नदी नियन्त्रणको काम सुरु नहुँदा तटीय क्षेत्रका बासिन्दा चिन्तित

म्याग्दी १५ पुस ।  मध्य हिउँद लाग्दासमेत कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम सुरु भएको छैन । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीका कारण तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको... पुरा पढ्नुहोस

सडक पुगेपछि गाउँका दैनिकी फेरिदै

  म्याग्दी, १४ पुस । केही वर्ष अघिसम्म खच्चडलाई भारी बोकाएर खर र बुट्यानलाई समात्दै पार गर्नुपर्ने भीर र पहराको गोरेटो बाटो अब भने देख्न पनि मुस्किल हुन थालेको छ । पश्चिमी र उत्तरी म्याग्दीका भीर र पहरालाई छिचोलेर निर्माण गरिएका सडकमा मोटर गुड्न थालेपछि स्थानीयवासीको दिनचर्या परिवर्तन भएको छ... पुरा पढ्नुहोस

सिंकोस बगरमा हिमपातले ढाकिए घरहरु (फोटो फिचर)

म्याग्दी १४ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे बनेका छन् । गयरातीदेखि परेको हिमपातले धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना ढाकिएका छन भने जमिन पुरै ढाकिएको छ । रुखहरु समेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु... पुरा पढ्नुहोस

बलियो अभिभावकत्व नहुँना मुनाका एउटै परिवारका ६ बालबालिकाको पढाईमा सकस

म्याग्दी १४ पुस । एकतले साँघुरो घर, उस्तै उमेरका छोराछोरीलाई हुर्काउँदैछन, टेकबहादुरका दम्पती । धवलागिरि गाउँपालिका–३ मुनाका टेकबहादुर परियार र उहाँकी पत्नी कमला आफैमा सक्षम छैनन् । वाक अपांगता भएका उनीहरु गाउँमा अरुलाई काममा सघाउने र मागेर घरखर्च चलाउने परिवारको रुपमा परिचित छन् । आर्थिक अवस्था कमजोर रहेको कारण परियार... पुरा पढ्नुहोस

पाखापानीलाई बालश्रममुक्त वडा घोषणा

बेनी, १४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधवार पाखापानीमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु... पुरा पढ्नुहोस

म्याग्दीमा भारी हिमपात (फोटो फिचर)

म्याग्दी १४ पुस । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि हिमपात भएको छ । यस बर्षको यो पहिलो हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । म्याग्दीको धवलागिरी । मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली... पुरा पढ्नुहोस

म्याग्दी मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा (तस्बिर सहित)

बेनी, १४ पुस । म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर... पुरा पढ्नुहोस

झिँलाई बालश्रममुक्त वडा घोषणा

बेनी, १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु बालश्रममा... पुरा पढ्नुहोस

भिम बहादुर छन्त्यालद्वारा रितुङ्ग माविलाई रु १ लाख सहयोग

म्याग्दी १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ खरिवोट निवासी भिम बहादुर छन्त्यालले स्थानीय रितुङ्ग माविलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको छ । हाल अमेरिकामा रहनुभएका छन्त्याल गाउँ आउनु भएको अवसरमा उहाँका कान्छा हजुरवावा दल बहादुर छन्त्यालको स्मृतिमा बिद्यालयलाई सो रकम सहयोग गर्नु भएको बिद्यालयका प्रधानाध्यापक... पुरा पढ्नुहोस

उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

म्याग्दी, १३ पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो... पुरा पढ्नुहोस