म्याग्दी समाचार

जलजलाका जनप्रतिनिधिलाई भुकम्प पुननिर्माण सम्बन्धि अभिमुखीकरण

म्याग्दी ७ माघ । पर्वतको जलजला गाउँपालीकाका जनप्रतिनिधिहरुका लागि आईतबार मिलनचोकमा भुकम्पबाट क्षत्ती पुगेका निजी आवास पुननिर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको भुकम्प पछिको पुननिर्माण आयोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आयोजनाका डाक्टर योगेन्द्र रिजालले भुकम्प पछिको पुननिर्माणको अवस्था,... पुरा पढ्नुहोस

स्थानीय तह स्तरीय पुरुष भलिबलको फाईनलको रोमान्चक खेल (भिडियो सहित)

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो । https://www.youtube.com/watch?v=CjmKjtBdZuM&t=45s नेपाल प्रहरीको... पुरा पढ्नुहोस

म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन

बेनी ७ माघ । म्याग्दीमा पशु विकासका लागि पशुपंक्षि विकास मन्त्रालयले पठाएको करिब साढे दुई करोड रुपैया बजेट स्थानीय तहहरुले अन्यत्र बिनियोजन गरेका छन् ।जिल्ला पशु सेवा कार्यालयले आईतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुले स्थानीय तहले पर्याप्त बजेट बिनियोजन नगर्दा काम गर्न नसकिएको गुनासो... पुरा पढ्नुहोस

जिल्ला र स्थानीय तहमा शिक्षा समितिको गठन गर्न माग

बेनी ७ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीले जिल्ला र स्थानीय तहमा शिक्षा समिति गठन गर्नुपर्ने माग गर्दै आईतबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष हुमनाथ पाण्डे नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठलाई म्याग्दीको शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि १९ बुँदे ज्ञापनपत्र बुझाएका... पुरा पढ्नुहोस

स्थानीय तह स्तरीय भलिबलको पुरुष महिला दुबैतर्फ मंगला गाउँपालिका बिजयी (फोटो फिचर)

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिला दुबै तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो ।... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा राजघरनाको लाइभ गजल गायन (भिडियो सहित)

म्याग्दी, ७ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा शनिवार लाईभ गजल गायन गरिएको छ । राजघरना रेष्टुरेण्ट काठमाण्डौबाट आएका कलाकारहरुको टोलीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई लाइभ गजल गित गाएर मनोरञ्जन प्रदान गरेका हुन् । यो मन त मेरो नेपाली हो बोलको गितबाट गजल गित गाउन सुरु गरेका उनीहरुले नेपाली... पुरा पढ्नुहोस

‘महिलाले गर्ने श्रमलाई पूँजिमा रुपान्तरण गर्न उद्यमशिलता आवश्यक’

बागलुङ, ६ माघ ।  महिलाहरुलाई समाज रुपान्तरणका क्षेत्रमा क्रियाशिल बनाउनका लागि आर्थिकसंगै नेतृत्व विकासमा सहभागी गराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।   परिवर्तनका लागि महिला सञ्जाल सिगानाले बानपा ८ वडा कार्यालयको सहयोगमा सञ्चालन गरेको तिन दिने उद्यमशिलता तथा नेतृत्व विकास तालिमका सहभागी महिलाहरुले यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस

मल्लाजमा महिलाहरुका लागि सञ्चालित प्याड बनाउने तालिम सम्पन्न 

पर्वत, ६ माघ ।   उद्यमशिलता मार्फत महिलाहरुलाई समाजका हरेक क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सञ्चालित २ दिने सेनेटरी प्याड बनाउने शनिबार सम्पन्न भएको छ ।   महिला चेतना केन्द्र पर्वतको आयोजना तथा साविक माँझफाट गाविसको आर्थिक सहयोगमा सञ्चालित तालिममा साविक मल्लाज गाविसका ६० जना महिलाहरुको सहभागिता... पुरा पढ्नुहोस

बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी

बेनी ६ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय बास्केटबल प्रतियोगितामा बेनी नगरपालीका बिजयी भएको छ ।कालीपुल खेलमैदानमा शनिबार भएको प्रतिस्पर्धामा अन्नपूर्ण गाउँपालीकालाई तिन पोईन्टले पराजित गर्दै बेनपाले बास्केटबलको उपाधि जितेको हो । बेनपाले १०१ र अन्नपूर्णले ९८ स्कोर गरेका प्रतियोगिता सञ्चालन गरेको कालीपुल युनाईटेड कल्वका... पुरा पढ्नुहोस

तातोपानीमा नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण

म्याग्दी, ६ माघ । बेनी नगरपालिका–४ तातोपानीका बासिन्दाले नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरेका छन् । उपल्लो तातोपानीका बासिन्दा म्याग्दी नदीको किनारमा ३२ मिटर पक्की पर्खाल निर्माण गरेका हुन् । बजारलाई नदी कटानबाट जोगाउनका लागि नौ मिटर अग्लो पर्खाल निर्माण गरिएको स्थानीय कुमार केसीले जानकारी दिनुभयो । तातोपानी युवा... पुरा पढ्नुहोस