म्याग्दी समाचार

बेनी–८ मा माओवादीले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, २१ चैत । बेनी नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको वडा कमिटिका सचिव बिष्णु गौतम सापकोटाले जानकारी... पुरा पढ्नुहोस

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

म्याग्दी २२ चैत । सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ ।जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने... पुरा पढ्नुहोस

दुर्गम गाउँको कथा : ‘अभाव र गरिबी’को भूमरीमा परेको परिवार (भिडियो रिपोर्ट सहित)

बेनी, २१ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यहि गाउँमा आश्रय लिएर बसेका छन रघुगंगा गाउँपालिका–८ कुईनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाई कष्टकर भएपछि विकको परिवार छिमेकी (माईति)गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरुको कुइनेखानीको बारी पहिरोले बगाएको छ ।  ... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो

म्याग्दी २१ चैत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (... पुरा पढ्नुहोस

नेपाली कांग्रेसबाट बेनी नगरपालिका-८ मा अध्यक्ष पदको उम्मेदवारमा हिमबहादुर भण्डारी

म्याग्दी २१ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका-८ मा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ ।... पुरा पढ्नुहोस

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी, २१ चैत । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र... पुरा पढ्नुहोस

राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रिय सदस्यमा म्याग्दीबाट सापकोटा र कार्की

म्याग्दी २१ चैत । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट म्याग्दीका कलाकार राजेन्द्र सापकोटा र रवि कार्की केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौँमा सम्पन्न अधिवेशनबाट जिल्लाका दुई लोकप्रीय गायकहरु केन्द्रिय सदस्यमा चयन हुनुभएको हो । सापकोटा नेपाल कम्युनिष्ट पार्टी बाट एमाले र... पुरा पढ्नुहोस

सहकारी दिवसमा दिदीबहिनी सहकारीको मुठ्ठीदान सहयोग

म्याग्दी २० चैत । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज (आइतबार) दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले मुठ्ठीदान सहयोग गरेको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित दिवसको अवसर पारेर विपन्न र उपचाररत महिलालाई मुठ्ठीदानमार्फत सङ्कलित रकम हस्तान्तरण गरिएको हो । युएनडिपीको आर्थिक सहयोगमा संगम... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा शर्मा

म्याग्दी २० चैत । नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । आइतवार बेनीमा सम्पन्न महासंघको प्रथम जिल्ला अधिवेशनबाट शर्माको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ, कोषाध्यक्षमा मञ्जु... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : म्याग्दीमा दलहरु उम्मेदवार छनौटमा जुटे

बेनी, २० चैत । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनौटमा जुटेका छन् । चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने बिषयलाई समेत छलफलको प्राथमिकतामा राखेका छन् । दलहरुबिच चुनाबमा तालमेलको सम्भावना रहेपनि अहिलेसम्म ठोस खाका... पुरा पढ्नुहोस