म्याग्दी समाचार

दुर्गम बस्ती गुर्जामा गृहमन्त्री खाँडः विकासमा सरकारी तवरबाट पहल गर्ने प्रतिबद्धता (फोटो फिचर)

म्याग्दी २५ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलो पटक मन्त्रीस्तरबाट स्थलगत भ्रमण भएको छ । म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक समारोहमा सहभागी हुन शुक्रवार म्याग्दी आउनुभएका गृहमन्त्री बालकृष्ण खाँडले हेलिकप्टर मार्फत सडक सञ्जालको पहुँच नपुगेको दुर्गम बस्ती गुर्जाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । छन्त्याल समुदायको बाहुल्यता रहेको दुर्गम... पुरा पढ्नुहोस

छन्त्याल संघको ७  औँ राष्ट्रिय महाधिवेशनः आदिवासी जनजाति सीमा रक्षक हुन, गृहमन्त्री खाँड ( तस्वीर )

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ आँै राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँडेल तराईदेखि हिमालसम्मको सीमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाको रुपमा भूमिका खेलेको बताउनुभयो । ‘‘हामी तराई देखि हिमालको फेदीसम्म... पुरा पढ्नुहोस

अर्थुङ्गे देउराली देखि थाकनपोखरी जोड्ने सडक वाईसीएलले मर्मत गरे

म्याग्दी, २५ चैत । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले अवरुद्ध सडक मर्मत गरी सञ्चालनमा ल्याएको छ । झण्डै ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर मोटरबाटो मर्मत गरेको हो । वाईसीएल बेनपा–६,का वडा कमिटी सचिव दिपेश बानियाँको नेतृत्वमा भएको मर्मतमा... पुरा पढ्नुहोस

संघिय चुनाव नहुदाँसम्म गठबन्धन निरन्तर रहन्छः गृहमन्त्री खाँड

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहने बताउनुभयो । नेपाली कांग्रेसले बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाँडले तीन तहको निर्वाचनसम्म सत्ता गठबन्धन हुन जरुरी रहेको बताउनुभएको थियो । ‘स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’,... पुरा पढ्नुहोस

म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु

म्याग्दी, २५ चैत । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियान म्याग्दीमा शुक्रबारदेखि सुरु भएको छ । म्याग्दीमा चैत २५ गते देखि बैशाख २ गतेसम्म संचालन हुने अभियान सुरु भएको हो । बेनी सामुदायिक विद्यालयमा भएको टाईफाईडविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी... पुरा पढ्नुहोस

नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन सुरु (फोटो फिचर)

कमल खत्री बेनी, २५ चैत । म्याग्दी सदरमुकाम बेनीमा नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन शुक्रवारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकी सहित बजार परिक्रममा गरिएको छ । छन्त्याल समुदायको मौलिक भेषभुषा, कला संस्कृतिलाई ¥याली सहित प्रदर्शन... पुरा पढ्नुहोस

शीताेष्ण बागबानीले दियो उन्नत फलफूल खेती विषयक पाँच दिने तालिम

सुशीलबाबू थकाली मुस्ताङ, चैत २५  । मुस्ताङको एक मात्र बागबानी केन्द्र, शीताेष्ण  बागबानी बिकास केन्द्रले उन्नत फलफूल र यसको उत्पादन सम्बन्धि पाँच दिने तालिम प्रदान गरेको छ । गत बीस गतेदेखि शुरू भएको उक्त तालिम बिहीवार सम्पन्न भएको थियो । तालिममा बागबानी बिकास केन्द्र र जिल्ला भित्र उत्पादन हुने हरेक... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : म्याग्दीमा उम्मेदवार बन्न जनप्रतिनिधिकै होडबाजी

बेनी, २५ चैत । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा गरी २० राजनीतिक दल दर्ता... पुरा पढ्नुहोस

मनोरम चिमखोला ( तस्वीर )

बेनी, २४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँ स्थित बगरखोलामा निर्माण भएको झोलुङ्गे पुल र छहराको मनोरम दृष्य । धौलागिरि आइसफल पदमार्गले समेटिएको यो गाउँ पर्यटकीय गाउँको रुपमा चिनिएको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

छन्त्याल संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा,उद्घाटनको लागी गृहमन्त्री खाँड बेनी आउँदै

बेनी, २४ चैत । शुक्रवारदेखि बेनीमा हुने नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । म्याग्दी सदरमुकाम बेनीमा चैत २५ र २६ गते हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुहुने कार्यक्रम... पुरा पढ्नुहोस