म्याग्दी समाचार

पर्वत जिल्लाका ७ स्थानीय तह र ६१ वडाको निर्वाचन परिणाम:कसले गुमायो, कसले बढायो

जेठ ६ पर्वत । स्थानीय तह निर्वाचन अन्तर्गत पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाकै नतिजा सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिकामध्ये दुवैको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकपा एमाले र फलेवास नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको छ । यस्तै, पाँच गाउँपालिकामध्ये काँग्रेसले... पुरा पढ्नुहोस

मालिकाका गर्वुजा र बरंजाका रोका पहिला जोसंग हारे, अहिले उनैलाई हराए

बेनी, ६ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा अघिल्लो निर्वाचनमा पराजित भएका नेकपा एमालेका बेगप्रसाद गर्वुजाले उनै प्रतिस्पर्धीलाई पराजित गर्नुभएको छ । निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएकाका श्रीप्रसाद रोकालाई गर्वुजाले पराजीत गर्नुभएको हो । २०७४ सालको निर्वाचनमा काँग्रेसका रोकाले गर्वुजालाई ८५ मतले पराजीत गरी बिजयी बन्नुभएको थियो । यस पटकको... पुरा पढ्नुहोस

राम्चेमा २०७४ मा निर्वाचित वडाका जनप्रतिनिको टिम नै पुन निर्वाचित

बेनी, ५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको वडा अध्यक्ष र सदस्यहरुमा यस अघिकै जनप्रतिनिधिको टिम निर्वाचित भएका छन् । विहिवार सम्पन्न मतगणनामा यस वडामा नेकपा एमालेको प्यानल नै बिजयी हुनुभएको छ । नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित जनप्रतिनिधिकाे टिम नै वडामा पुनः उम्मेदवार बन्नुभएको थियो । वडा अध्यक्ष खमबहादुर... पुरा पढ्नुहोस

आचार्यलाई विशेष अदालतबाट सफाई

म्याग्दी ५ जेठ । आफ्नै सहकर्मीबाट घुस मागेको अभियोग लागेका स्वास्थ्य कार्यालय म्याग्दीका पूर्व कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहितको टोलीलाई विशेष अदालतले सफाई दिएको छ । बि.स २०७६ साउन १२ गते आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितको कर्मचारीले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

म्याग्दी ४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुनले ४ हजार ५८ मत र उपाध्यक्षका उम्मेदवार दिवा कुमारी तिलिजा पुनले ४ हजार १५ मत ल्याएर विजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी काँग्रेसका बलबहादुर तिलिजाले ३ हजार ३ सय १७... पुरा पढ्नुहोस

बेनी नगरमा नवनिर्वाचित एवम् निर्वतमान जनप्रतिनिधिलाई स्वागत तथा विदाई

  बेनी, ४ जेठ ।बेनी नगरपालिकामा नर्वनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र निवर्तमान जनप्रतिनिधिलाई विदाई गरिएको छ। बुधबार नगरपालिकाको कार्यालयमा कर्मचारीले निर्वतमान जनप्रतिनिधिलाई विदाई र नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवम् सम्मान गरेका हुन् । निर्वतमान नगरप्रमुख श्रेष्ठ र उपप्रमुख बरुवालले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवम् सम्मान गर्नुभएको थियो । बेनी नगरपालिकाको नवनिर्वाचित मेयर सुरत... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीको पहिलो निर्णय ‘वेपत्ता भएकाको सम्झनामा चौतारी निर्माण’

बेनी, ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले तत्कालिन माओवादी जनयुद्धको समयमा वेपत्ता भएका नागरिकको सम्झनामा चौतारी निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । बुधवार पद तथा गोपनीयताको सपथ ग्रहण प्रश्चात पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले २०६० चैत ५ गतेदेखि वेपत्ता हुनुभएका रघुगंगा गाउँपालिका–१ बेगखोलाका श्याम प्रसाद... पुरा पढ्नुहोस

नवनिर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण

म्याग्दी, ४ जेठ। म्याग्दीमा नवनिर्वाचित पालिका प्रमुखको सपथ ग्रहण भएको छ। जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण पालिका बाहेक अन्य पालिका प्रमुखमा निर्वाचित जनxप्रतिनिधिलाई सपथ ग्रहण भएको हो । x मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्याधिश तेजनारायण पौडेलबाट निर्वाचित हुने बेनी नगरपालिकाका मेयर सुरत केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस

गाउँको सिंहदरबार हाक्ने स्थानीय सरकार प्रमुखको मुख्य एकल २५ काम,कर्तव्य र अधिकार: एक चिरफार

       रमेश थापा मगर "भर्खर निर्वाचित स्थानीय सरकारले असार १० गते भित्र पेस गर्ने पहिलो बजेटले नै पाँच वर्षे कार्यकालको डोजरे विकास वा दिगो विकासको कस्तो झल्को दिने हो आम मतदाताको चासो अवश्य नै देखिन्छ।"  विषय प्रवेश    स्थानीय सरकार संवैधानिक पहिचान सहितको प्रतिपक्षविहीन तथा जनताको सबैभन्दा नजिकको... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको उम्मेदवार निर्वाचित भएका छन् । मोहनचोक स्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा कांग्रेस राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दिपक आचार्य (आकाश) विजयी भएका छन् । अध्यक्षमा विजयी आचार्यले ५ हजार ६५७ मत र... पुरा पढ्नुहोस