म्याग्दी समाचार

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा बेनीमा साँस्कृतिक झाँकी पदर्शन (भिडियो /तस्बिर)

बेनी, २७ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगिताको अवसररमा बेनीमा निकालिएको साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । https://www.youtube.com/watch?v=ePXyPr3YkLQ   खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको हो । जिल्ला स्थित विभिन्न जातजाति, संघ संस्था,... पुरा पढ्नुहोस

आजदेखि बेनीमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै

बेनी, २७ असोज : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । कार्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको लागि बेनीको खुल्लामञ्चमा खेल सामाग्रीको बन्दोबस्त, खेलमैदान निर्माण तथा मर्मत र सजावटको काम सकिएको छ । खेलाडीको आवास र अभ्यास स्थल लगायतको ब्यवस्थापकीय... पुरा पढ्नुहोस

हङकङमा रहेका प्रवासी म्याग्देली चक्रिय धौलागिरि पदयात्रामा निस्किए (तस्बिर/ भिडियो

बेनी, २६ असोज : हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै धौलागिरि हिमाललाई फन्को मारेर मुस्ताङको लेते निस्कने साहसिक पदयात्रा बुधवारदेखि सुरु गरिएको हो... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय खेलकुदः भोलिदेखि म्याग्दीमा सुरु हुने महिला भलिबल र तेक्वान्दोको तयारी पुरा

  म्याग्दी, २६ असोज । भोलि देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल र तेक्वान्दोको तयारी पुरा भएको छ। जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गर्दै तयारी पुरा गरेको हो । समितिका अध्यक्ष दिनेश केसीले स्थानीय... पुरा पढ्नुहोस

पोखरामा खेलकुदको ‘कुम्भमेला’को तयारी पूरा

पाेखरा २६ असोज : नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका... पुरा पढ्नुहोस

धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे

म्याग्दी २६ असाेज ।   म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको(सातौँ )आठ हजार एक सय ६७० मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको... पुरा पढ्नुहोस

काँग्रेस नेता महतद्धारा स्वतन्त्र उमेद्वारी फिर्ता, गठबन्धनका उमेद्वारलाई सघाउने घोषणा

https://www.youtube.com/watch?v=6-lHjmIxUdo   बेनी, २६ असोज । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिनुभएका महतले गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।... पुरा पढ्नुहोस

एकैपटक दुईवटा कर्णल बजाउँदै (तस्बिर)

म्याग्दी २६ असोज : एकैपटक दुई वटा कर्णल बजाउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका दुर्गे परियार । हिलापोखरी नौमती बाजा समूहका दुर्गेसँगै एकैपटक दुई वटा कर्णेल बाजा बजाउने फरक प्रतिभा छ । नौमती बाजा मौलिक बाजाको रुपमा लोकप्रिय छ । तस्बिरः रासस पुरा पढ्नुहोस

खुल्यो धौलागीरी हिमाल (तस्विर )

बागलुङ २६ असोज । बागलुङ बजारबाट देखिएको धौलागिरि हिमाल । हप्तादिनको झरी थामिएर बुधबारदेखि मौसम खुलेको छ । तस्बिर : रामबहादुर थापा पुरा पढ्नुहोस

राखु भगवतीमा असोज २९ गते ‘निःशुल्क आँखा शिविर’ हुने

बेनी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलियाले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा यही असोज २९ गते शनिबार निःशुल्क आँखा शिविर गर्ने भएको छ । मोना अस्ट्रेलिया, नेत्र ज्योती संघ म्याग्दी र मोना आईसीसीको आयोजनामा भगवतीमा निशुल्क आँखा शिविर आयोजना गरिएको हो । ग्रामिण भेगका जनतालाई लक्षित गरेर... पुरा पढ्नुहोस