मुलुक

जसले दुई वर्षको ठेक्का एकै वर्षमा भ्याए

  म्याग्दी, ६ पुस । देशभर थुप्रै आयोजना समयमा नसकिएर अलपत्र परिरहेका बेला म्याग्दीमा भने उल्टो भएको छ । दुई वर्ष ठेक्का अवधि भएको सडक आयोजना एक वर्षमै सकिएको हो । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्ड... पुरा पढ्नुहोस

नदीमा दुई जनाको शब फेला

बेनी, ५ पुस : म्याग्दीमा नदीमा दुई जनाको शब फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ बर्षिय मनकुमारी पुन म्याग्दी खोलामा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

विपन्न परिवारकी छात्रा बिमलाको अध्ययनमा मल्कबाङ समाज युकेको साथ

म्याग्दी ५ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङकी विपन्न परिवारकी छात्रा बिमला नेपालीको पठनपाठनमा मल्कबाङ समाज युकेले सघाएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकी छात्रा नेपाली कक्षा ११ मा अध्ययनरत छिन् । म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत १७ बर्षिया नेपालीको क्याम्पसतर्फ लाग्ने सम्पूर्ण खर्च मल्कबाङ... पुरा पढ्नुहोस

जलजला गाउँपालिकामा भवन निर्माण सुरु

  पवर्त, ५ पुस । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद... पुरा पढ्नुहोस

जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु

पुस ४ गते । पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् ।... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धा (फोटो फिचर)

https://www.youtube.com/watch?v=MY8cXCOj6yM   बेनी, ३ पुस:  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा एकका विरुद्ध दुई सेट आफ्नो पक्षमा पार्दै जनप्रतिनिधिको समूह बिजेता बनेको छ । प्रतियोगितामा बिजेता समूहलाइ नगद... पुरा पढ्नुहोस

म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

  बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस

मूलुकमा कुनै राजनीतिक संकट छैन: महामन्त्री शर्मा

  म्याग्दी, १ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा कुनै राजनीतिक संकट नभएको बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनलाई आईतबार बेनीमा सम्वोधन गर्दै शर्माले मुलुकमा राजनीतिक समस्या भएपनि संकट नभएको उद्घोष गर्नुभयो । उहाँले मुलकुमा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । ‘देशको आर्थिक सूचक हेर्दा श्रीलंका... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ

  म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत् आयोजनाको ऊर्जामन्त्री बस्नेतद्धारा निरिक्षण

म्याग्दी, मङ्सिर २३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन दिनुभएको छ । शनिबार म्याग्दी आउनुभएका मन्त्री बस्नेतले सरकारको प्राथमिकता प्राप्त आयोजना भएकाले छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।  मन्त्री बस्नेतले भन्नुभयो, ‘‘राहुघाट आयोजनालाई सरकारले प्राथमिकतामा राखेको... पुरा पढ्नुहोस