मुलुक

तरुल खोज्न जङ्गल गएका युवाको हत्या

पर्वत, पुस १६– पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग... पुरा पढ्नुहोस

बेनी र मंगलाका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण

बेनी, १५ पुष । नेकपा (माओवादी केन्द्र)ले आइतबार बेनी नगरपालिका र मंगला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । बेनीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज हरि अधिकारी र केन्द्रिय सदस्य शैलेन्द्र घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।  बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता र उपाध्यक्ष... पुरा पढ्नुहोस

मालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो

  म्याग्दी, १४ पुस । मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत... पुरा पढ्नुहोस

आँखा अस्पतालको भवन बनाउन समाजसेवी रोकाद्वारा नि:शुल्क जग्गा उपलब्ध

  म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल पोखरा महानगरपालिका– १२ माटेपानी बस्दै आउनुभएका दम्पती मुक्ति रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई... पुरा पढ्नुहोस

जनताको गुनासो सुन्न मौवाफाँटमा सार्वजनिक सुनुवाई : जलविद्युत आयोजनाले सडक स्तरोन्नतीमा ध्यान दिएनन्

  म्याग्दी, ११ पुस । रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार गरेको थियो । गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा अधिकांश जनप्रतिनिधि र... पुरा पढ्नुहोस

लक्ष्य अघिनै सडक कालोपत्र गर्ने निर्माण व्यवसायी कार्कीलाई सम्मान

  बेनी, ९ पुस । २४ महिना ठेक्का अवधी भएको सडक कालोपत्र गर्ने योजना एक वर्षमै सम्पन्न गर्ने निर्माण व्यवसायी सुवासचन्द्र कार्कीलाई बेनी नगरपालिका– ९ गलेश्वरबासीले फूलमालासहित सम्मानपत्रले सम्मान गरेका छन । बेनी–गलेश्वर सडक योजनाको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.का सञ्चालक कार्कीलाई बेनी नगरपालिका–९ मा गलेश्वरका बासिन्दा र संघ... पुरा पढ्नुहोस

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  म्याग्दी, ७ पुस । अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।... पुरा पढ्नुहोस

मोना यूएईको सहयोगमा अलपत्र परेका पाखापानीका सुबिन्द्र पाईजा घर फर्किए

  बेनी, ७ मंसिर । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स(यूएई) अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् । पासर्पोट र भिसाविहिन भएपछि अलपत्र परेका पाखापानीका पाईजालाई मोना यूएईले आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपालसम्म हवाई टिकटको समेत ब्यवस्था गरी पठाईएको महासचिव काजिमान बुढाथोकीले... पुरा पढ्नुहोस

जसले दुई वर्षको ठेक्का एकै वर्षमा भ्याए

  म्याग्दी, ६ पुस । देशभर थुप्रै आयोजना समयमा नसकिएर अलपत्र परिरहेका बेला म्याग्दीमा भने उल्टो भएको छ । दुई वर्ष ठेक्का अवधि भएको सडक आयोजना एक वर्षमै सकिएको हो । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्ड... पुरा पढ्नुहोस

नदीमा दुई जनाको शब फेला

बेनी, ५ पुस : म्याग्दीमा नदीमा दुई जनाको शब फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ बर्षिय मनकुमारी पुन म्याग्दी खोलामा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस