मुलुक

एसइई परिक्षालाई ब्यवस्थित बनाउन केन्द्राध्यक्षलाई निर्देशन

  बेनी, १४ चैत । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । चैत १७ गते शुक्रबार देखि सुरु हुने एसइई परिक्षालाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि मंगलबार इकाई कार्यालयमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा केन्द्राध्यक्षलाई नियुक्ती पत्र दिदै परिक्षालाई ब्यवस्थित... पुरा पढ्नुहोस

मौलिकता जोगाउदै युवा

  म्याग्दी, ११ चैत । स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर मौलिक हस्तकला र काष्ठकला सिप मार्फत निर्माण गरिएको सामग्री प्रयोग घट्दै गएको छ । आगन्तुक सामाग्रीको प्रयोग घटाउदै स्थानीय उत्पादनको प्रयोग बढाउने नीति भएपनि ब्यवहारमा जनप्रतिनिधि र कर्मचारीमा देखिदैन् । स्थानीय स्रोतसाधनको प्रयोग र पुराना कलाको संरक्षण कार्यमा म्याग्दीका तीन युवा... पुरा पढ्नुहोस

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

  काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३... पुरा पढ्नुहोस

किसानलाई अनुदानमा सहज वातावरण बनाउन राप्रपाको माग

  म्याग्दी, ६चैत्र । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान... पुरा पढ्नुहोस

प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत, १७२ सांसदको समर्थन

  काठमाडौँ, ६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो । जसअनुसार प्रचण्डलाई विश्वासको मत... पुरा पढ्नुहोस

मुक्तिनाथबाट फर्किएकी भारतीय नागरिक गलेश्वरबाट बेपत्ता

  बेनी, ६ चैत । मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किएकी एक भारतीय तिर्थयात्रु दुईदिन देखि बेपत्ता भएकी छन् । भारतको आन्द्रा प्रदेशकी सिरिसा मोरला नाम गरेकी महिला शुक्रबार राती ८ बजेदेखि बेनी नगरपालिका ९ गलेश्वरधाम मन्दिर नजिकैबाट बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । मुक्तिनाथ मन्दिरको... पुरा पढ्नुहोस

मुस्ताङमा बढ्यो पर्यटकको आगमन

मुस्ताङ ५ चैत। मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए । ‘चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्’, उनले... पुरा पढ्नुहोस

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन गण्डकीको संयोजकमा रोका

  पोखरा, ४ चैत । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशन गण्डकी प्रदेशको संयोजकमा म्याग्दीका धनकुमार रोका चयन हुनुभएको छ । पोखरामा शनिबार भएको फाउण्डेशनको भेलाले रोकालाई संयोजक चयन र यही चैत २५ गते प्रदेश भेला (सम्मेलन) गर्ने निर्णय गरेको छ । ७ सदस्यीय फाउण्डेशनको भेला आयोजक समितिको सदस्यहरुमा नरेन्द्र... पुरा पढ्नुहोस

सात वर्षदेखि अलपत्र बेनी अस्पतालको निर्माणाधीन भवन

  म्याग्दी, ४ चैत । निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छाडिएको म्याग्दीको बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन पछिल्लो समय हेर्दै जिर्ण देखिन थालेको छ । निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । भवनमा कालो लेउ लागेको छ भने निर्माण सामग्री... पुरा पढ्नुहोस

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

काठमाडौं ३ चैत। उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए... पुरा पढ्नुहोस