मुलुक

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

सिंगा, १६ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीले मनायो ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए । राणा... पुरा पढ्नुहोस

तरुल खोज्न जङ्गल गएका युवाको हत्या

पर्वत, पुस १६– पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग... पुरा पढ्नुहोस

बेनी र मंगलाका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण

बेनी, १५ पुष । नेकपा (माओवादी केन्द्र)ले आइतबार बेनी नगरपालिका र मंगला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । बेनीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज हरि अधिकारी र केन्द्रिय सदस्य शैलेन्द्र घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।  बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता र उपाध्यक्ष... पुरा पढ्नुहोस

मालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो

  म्याग्दी, १४ पुस । मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत... पुरा पढ्नुहोस

आँखा अस्पतालको भवन बनाउन समाजसेवी रोकाद्वारा नि:शुल्क जग्गा उपलब्ध

  म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल पोखरा महानगरपालिका– १२ माटेपानी बस्दै आउनुभएका दम्पती मुक्ति रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई... पुरा पढ्नुहोस

जनताको गुनासो सुन्न मौवाफाँटमा सार्वजनिक सुनुवाई : जलविद्युत आयोजनाले सडक स्तरोन्नतीमा ध्यान दिएनन्

  म्याग्दी, ११ पुस । रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार गरेको थियो । गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा अधिकांश जनप्रतिनिधि र... पुरा पढ्नुहोस

लक्ष्य अघिनै सडक कालोपत्र गर्ने निर्माण व्यवसायी कार्कीलाई सम्मान

  बेनी, ९ पुस । २४ महिना ठेक्का अवधी भएको सडक कालोपत्र गर्ने योजना एक वर्षमै सम्पन्न गर्ने निर्माण व्यवसायी सुवासचन्द्र कार्कीलाई बेनी नगरपालिका– ९ गलेश्वरबासीले फूलमालासहित सम्मानपत्रले सम्मान गरेका छन । बेनी–गलेश्वर सडक योजनाको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.का सञ्चालक कार्कीलाई बेनी नगरपालिका–९ मा गलेश्वरका बासिन्दा र संघ... पुरा पढ्नुहोस

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  म्याग्दी, ७ पुस । अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।... पुरा पढ्नुहोस

मोना यूएईको सहयोगमा अलपत्र परेका पाखापानीका सुबिन्द्र पाईजा घर फर्किए

  बेनी, ७ मंसिर । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स(यूएई) अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् । पासर्पोट र भिसाविहिन भएपछि अलपत्र परेका पाखापानीका पाईजालाई मोना यूएईले आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपालसम्म हवाई टिकटको समेत ब्यवस्था गरी पठाईएको महासचिव काजिमान बुढाथोकीले... पुरा पढ्नुहोस