मनोरञ्जन

लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो)

म्याग्दी ७ जेठ । म्याग्दीका लोक दोहोरी गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको... पुरा पढ्नुहोस

सोभित बस्यालकाे खुसी फर्काइदेउन (भिडियाे सहित)

पोखरा  १९ वैशाख । पन्ध्र वर्षको उमेरमा ‘व्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा हुने कार्यक्रममा उनको सक्रियता बढ्न थाल्यो । श्रोता... पुरा पढ्नुहोस

म्याग्देली कलाकार ढकालको सन्देशमुलक गीत ‘मुखियाको नाती’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी २ पुस । समाजमा उच्च ओहोदाका परिवारका सन्तान धनसम्पतीकै कारण विकृतिमा फस्ने खतरालाई उजागर गर्दै सन्देशमुलक गीत सार्वजनिक भएको छ । म्याग्देली कलाकार नकुल ढकालले विकृतिमा फसेको युवाको कारण उसको जिवनमा आइपरेका अकल्पनीय संकटहरुलाई गीत मार्फत उजागर गरेका छन । मुखियाको नाती एल्बममा ‘नखेल जुवा र तास, धनको नास... पुरा पढ्नुहोस

माघे संक्रान्ति मेला सम्पन्न

  बेनी, २ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिले बेनीमा आयोजना गरेको आठौ माघे संक्रान्ति मेलामा सांस्कृतिक साथै कृषि मेला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी गर्दै सम्पन्न भएको छ । २७ जना सहभागि भएको छेलो फाल्ने प्रतियोगितामा जलजला गाउपालिका–४ खोलाखेतका निशान बोहोरा बिजयी भएका छन्... पुरा पढ्नुहोस

कुइनेखानी गाउँको चिनारी गीतको तयारी

म्याग्दी १ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– वडा नम्बर ८ कुईनेखानी गाउँको चिनारी गीतलाई बजारमा ल्याउने तयारी गरिएको छ । कुईनेखानीमा जन्मिएर पोखरामा बसोबास गर्दै आउनुभएकी प्रिति छन्त्याल (नरी)को शब्द र स्वरमा सो गीत रेकर्ड गरिएको छ । गीतमा छन्त्याल समुदायको बाहुल्यता रहेको कुईनेखानी गाउँको कला संस्कृति, परम्परा र पहिचानलाई... पुरा पढ्नुहोस

पर्वत बेनीमा फागुनमा महोत्सव हुदै

म्याग्दी, २८ पुस। पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा महोत्सव हुने भएको छ । कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो । महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला... पुरा पढ्नुहोस

मोडल अफ म्याग्दी बेनीमा हुने

म्याग्दी,२४ पुस । स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा.लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो । विहिबार बेनीमा भएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा उतकृष्ट प्रतियोगिलाई... पुरा पढ्नुहोस

विश्वकर्माले ल्याए ‘गंगा जमुना’काे स्वरमा अर्को सन्देशमुलक गीत (भिडियाे सहित)

'सगरमाथाको देश हाम्रो नेपाल ' जस्तो सर्वप्रिय गीत र 'हामी विश्वकर्मा ' जस्तो विश्वकर्मा जातिको गौरवगाथाको गीत प्रस्तुत गरिसकेका म्याग्देली कलाकार विकास विश्वकर्माले फेरि अर्को सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । आजको वैज्ञानिक तथा सभ्य भनिएको समाजमा पनि मान्छेले मान्छेलाई छुन हुँदैन भन्ने अन्धविश्वासबाट ग्रसित मानसिकता अझै सफा हुन नसकेको... पुरा पढ्नुहोस

बरंजालाई चिनाउने ‘चिनारी गीत’को छायांकन (तस्बिर सहित)

म्याग्दी १६ पुस । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ नम्बर वडामा पर्ने बरंजा गाउँको चिनारी गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको छ । बरंजा क्षेत्रमा रहेका पर्यटकीय, धार्मिक स्थल तथा कला संस्कृतिलाई समेटेर तयार गरिएको सो गीतको म्युजिक भिडियो छायांकनको कार्य सकिएको छ । बरंजा कुरपँधेराका कलाकार... पुरा पढ्नुहोस

म्याग्देली गायक हेमन्त कान्छाको मनछुने ‘कर्खा भाका’ले चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी १६ पुस । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले बजारमा ल्याएको मौलिक लोक भाका कर्खा गीत ‘किन होला खै’ले चर्चा बटुल्लन थालेको छ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा जन्मिएर काठमाण्डौमा बसेर गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका हेमन्त कान्छाको पछिल्लो साँगेतिक कोसेली कर्खा गीतले युटुबमा समेत भ्युज ह्वात्तै बढाएको छ ।... पुरा पढ्नुहोस