फिचर

प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढे (फोटोफिचर)

  म्याग्दी, ४ मंसिर । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढेका छन् । मुक्तिनाथ प्रवेशद्वारमा रहेको गलेश्वर मन्दिर दर्शन गर्ने आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेका हुन् । दैनिक एक हजार देखि एकहजार पाचँसयसम्म धार्मिक पर्यटकले यहाँ दर्शन गर्न आउने गरेको गलेश्वर मन्दिरका पुजारी... पुरा पढ्नुहोस

तनहुँको लोचाडाँडा कृषि पर्यटन सडकको स्तरोन्नती 

  म्याग्दी, ३ मंसिर । तनहुँको ब्यास नगरपालिकाबाट म्याग्दे गाउँपालिका हुँदै भिमाद जाने सडकको स्तरोन्नतीको काम सकिएको छ। ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित तीन किलोमिटर ‘लोचाडाँडा कृषि पर्यटन’ सडकको स्तरोन्नतीको काम तोकिएको समयअघि नै सकिएको हो । विसं २०८० फागुन ११ गतेसम्म सक्नुपर्ने सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले... पुरा पढ्नुहोस

पहाडको टुप्पोमा पर्यटकीयस्थल मालिका धुरी

म्याग्दी, २५ कात्तिक । समुन्द्रि सतहदेखि तीन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी पर्छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । कालिका देवी, मालिका देवी... पुरा पढ्नुहोस

मालढुंगा–बेनी सडक आयोजना अलपत्र

  म्याग्दी, २५ कात्तिक । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैं अघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालिगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर... पुरा पढ्नुहोस

राखु चिनाउने ‘आउ है राखु कोतमा,,,,’ भिडियो गित सार्वजनिक

  म्याग्दी, २५ कात्तिक । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ,,,, आउ है राखु कोतमा,,, भिडियो गित सार्वजनिक भएको छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने भिडियो गित सार्वजनिक गर्नुभएको हो । धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको नयाँ नेतृत्व चयन, अध्यक्षमा झलप्रसाद गौचन (तस्बिर)

म्याग्दी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार सम्पन्न १८ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट क्याप्टेन झलप्रसाद गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा नरेन्द्र कुमार... पुरा पढ्नुहोस

बेलुढुंगामा आन्तरिक पर्यटक बढे (फोटोफिचर)

  म्याग्दी, २१ कात्तिक । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्या वृद्धि हुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेको सिमामा बेलढुंगा अवस्थित छ। बेलढुङ्गामा प्रवेश देउरालीमा पुगेको सडक... पुरा पढ्नुहोस

भकिम्लीमा ब्यवसायिक किवी खेती (फोटोफिचर)

  म्याग्दी, १८ काीत्तक । म्याग्दीका किसानहरुमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक –३ भकिम्लीका किसानहरुले ब्यवसायिक रुपमा किवी खेती बढाउदै गएका छन् । २०६७ सालमा हालका वडाअध्यक्ष पदम पुनले १५० विरुवा लिएर किविको परिक्षण गरेका थिए । भकिम्लीको किविको सफल परिक्षण भएपछि किवि खेती... पुरा पढ्नुहोस

बोयर बाख्रा पालनबाट राम्रो आम्दानी

  म्याग्दी, १६ कात्तिक। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ बर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि पार्म प्रा.लि.बाट बाख्रा पालन सुरु गरेका श्रीसले बोयर जातका सत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी... पुरा पढ्नुहोस

बेलढुङ्गाबाट देखिएको सुर्योदयका झलकहरु (फोटोफिचर)

  म्याग्दी, १६ कात्तिक। सूर्योदयका बेला विस्तारै घामका राता किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गरेका दृष्यहरु बेलढुङ्गामा पुगेका पर्यटकले देख्दा आनन्दानुभूति गर्छन। सुर्योदयको दृष्य म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गाबाट देखिन्छ । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको बेलढुङ्गाबाट देखिने सुर्योदयको दृश्य र दृश्यावलोकन गर्न म्याग्दी... पुरा पढ्नुहोस