फिचर

म्याग्दीमा भारी हिमपात (फोटो फिचर)

म्याग्दी १४ पुस । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि हिमपात भएको छ । यस बर्षको यो पहिलो हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । म्याग्दीको धवलागिरी । मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली... पुरा पढ्नुहोस

टोड्केबाट देखिने सूर्योदयको मनोरम दृष्य (फोटो कथा)

म्याग्दी १२ पुस । म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के हिमशृङ्खला र सूर्योदयको अवलोकनका लागि प्रख्यात मानिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमचुचुराहरुलाई एकै ठाउँबाट नजर लगाउन सकिने टोड्केमा विहानीको सूर्योदय मात्रै होइन साँझको सुर्यास्तको दृष्य समेत निकै लोभलाग्दो देखिन्छ । टोड्के... पुरा पढ्नुहोस

थामडाडामा ल्होसारको रमझम( तस्वीर सहित)

  थामडाडा, ९ पुष । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा गुरुङ समुदायको सबैभन्दा धेरै बसोबास भएको गाउँ हो । गुरुङ... पुरा पढ्नुहोस

रघुगंगाको ११ औँ गाउँसभा : थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित (तस्बीर सहित)

म्याग्दी ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको... पुरा पढ्नुहोस

मुलाखेतीले प्रख्यात टोड्के (फोटो कथा)

म्याग्दी ८ पुस । म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्के मुला खेतीले पनि प्रख्यात छ । नयाँ पर्यटकीय गन्तव्य बनेको टोड्केमा स्थानीयबासीले गरेको मुलाखेति पर्यटकहरुको लागि थप आकर्षण हो । सडक सञ्जाल पुगेपछि सवारी साधन सञ्चालनमा आउने भएकाले यहाँका मुला बजारक्षेत्रमा समेत निर्यात... पुरा पढ्नुहोस

एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन (फोटो र भिडियो सहित)

बेनी, ४ पुस ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन सुरु गरिएको छ । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) को अगुवाईमा तीन जनाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गर्नुभएको हो । खड्का, उहाँका भाईं प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रुपमा... पुरा पढ्नुहोस

आइसफल क्षेत्रको मनोरम दृष्य (तस्बिर)

बेनी, ३ पुस । मुस्ताङको लेतेबाट देखिएको धौलागिरि हिमशृङ्खलाको आइसफल क्षेत्रको दृष्य । बेनी–जोमसोम सडकखण्डबाट धौलागिरि र निलगिरि हिमशृङ्खलाको दृष्यलाई नजिकबाट अवलोकन गर्न सकिन्छ भने आइसफलको दृष्य समेत देख्न सकिन्छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

धारापानीबाट देखिएको हिमसृङ्खला (फोटो फिचर)

बेनी, २८ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरि पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय सम्भावनायुक्त छ । यहाँ थापा क्षेत्री समुदायको बाहुल्यता बसोबास रहेको छ । पुराना र परम्परागत ढुंगाले छाएर बनेका घरहरु मिलेर बसेको धारापानी गाउँ लोभलाग्दो छ ।... पुरा पढ्नुहोस

मौवाफाटँमा एमालेको कार्यालय स्थापना

  म्याग्दी, २७ मंसिर । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा कार्यालय स्थापना गरेको छ । आईतर गाउँपालिका केन्द्रमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गरेका हुन् । उद्घाट्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी स्थानीय तह, प्रदेश र संघ चुनावमा कार्यकर्तासंग नजिक भएर विभिन्न गतिविधि अघि बढाउन... पुरा पढ्नुहोस

न्यु वेष्ट प्वाईन्टले जित्यो नमस्ते ट्रेड होटल याक जेसीज कपको उपाधी

म्याग्दी २६ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो । खुल्लामञ्चमा आईतबार... पुरा पढ्नुहोस