फिचर

मनोरम धौलागिरि हिमाल ( तस्वीर)

म्याग्दी १३ फागुन । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको समेत सिमा क्षेत्रलाई समेटिएको टोड्के पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण रेन्जका दर्जनबढी हिमशृङ्खलालाई अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

बेनीमा ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धी कार्यक्रम

म्याग्दी, १२ फागुन । म्याग्दी जेसिजको आयोजनामा विहिबार बेनीमा ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धी कार्यक्रम गरिएको छ । ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय म्याग्दीको समन्वयमा बेनीस्थित शिखर होटलमा अन्तर्राष्ट्रिय मोटिभेसन ट्रेनर ब्रह्माकुमारी रमण भट्टराईले जेसिजका पदाधिकारी एवम् सदस्यहरु, शिक्षकशिक्षिका, विद्यार्थी लगायतलाई ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धि प्रशिक्षण गराउनुभएको... पुरा पढ्नुहोस

सामाजिक विकास कार्यालयद्धारा प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग

म्याग्दी ८ फागुन । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरेको छ । प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक /एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्वारा ढोल्ठान दरबारमा पर्यटन प्रर्बद्धन

  म्याग्दी, ७ फागुन । प्रचार–प्रसार नहुदाँ ओझेलमा परेको बेनी नगरपालिका– ९ स्थित रहेको पर्यटकियस्थल ढोल्ठान दरबारमा म्याग्दी जेसिजले पर्यटन प्रबद्र्धन कार्यक्रम गरेको छ । १४ औं शताब्दीतामा बाईसे– चौविसे राजा बसेको ऐतिहासिक ढोल्ठान राजदरबारमा म्याग्दी जेसिजले शनिबार होडिङ बोर्ड राखेको हो । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय... पुरा पढ्नुहोस

आहा रनबाङ ! गहुँ र तोरी खेतीको फाँट (तस्वीरमा हेरौँ)

बेनी, ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका–२ रनबाङको फाँटमा गरिएको गहुँ र तोरीखेती । यहाँ हिउँदेबालीको रुपमा गहुँ र तोरी खेती हुँदै आएको छ । यहाँ धान र मकैको समेत व्यवसायिक खेति हुँदै आएको छ । कृषि उपजको उत्पादनका हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण मानिदै आएको छ । तस्वीर  :... पुरा पढ्नुहोस

आहा ! दग्नाम गाउँ (तस्वीरमा हेरौँ)

म्याग्दी ४ फागुन । रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाम । संस्कृति, पर्यटन र विविधताले भरिएको छ । दग्नाम हुँदै दर्मिजा जाने अजिंगर भिरमा नाग आकारमा सर्पको जस्तै देखिने प्राकृतिक आकृति समेत पर्यटकहरुको लागि आकर्षणको रुपमा रहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस वडामा पुख्यौली नाच, सोरठी, यानीमायाँ लगायतका... पुरा पढ्नुहोस

सिंगामा माओवादीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण,सम्पर्क कार्यालय स्थापना(तस्वीर सहित)

म्याग्दी २९ माघ । २७ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र ) बेनी नगरपालिका–४ सिंगा वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको अवसरमा वडा समितिको सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको छ ।   कार्यक्रममा बोल्दै नेकपा (माओवादी... पुरा पढ्नुहोस

पर्यटकीय रुइसेमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक (तस्बिर)

म्याग्दी २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित पर्यटकीय स्थल रुइसेमा हिमपातपछिको हिउँमा रमाउनका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् । रुइसे क्षेत्र अहिले हिमपातले सेताम्मे बनेको छ। नजिकका बस्तीबाट विहानैदेखि रुइसे क्षेत्रमा पुग्नेक्रम बढेको छ। गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको... पुरा पढ्नुहोस

हिउँले ढाकिएको बगर गाउँ (तस्वीर)

म्याग्दी २१ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा हिमपातले ढाकिएको गाउँ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । बगर चक्रिय धौलागिरि पदमार्गको अन्तिम मानव बस्ती समेत हो । तस्वीर : आस्मन पुर्जा मगर पुरा पढ्नुहोस

बासखर्क गाउँनै सुन्तला खेतीबाट आत्मनिर्भर : यस बर्ष ४ करोड आम्दानीे (फोटोफिचर)

म्याग्दी, १० माघ । सुन्तला गाउँको रुपमा परिचित पर्वतको जलजला गाउँपालिका– १ बासखर्क गाउँमा यस बर्ष सुन्तला विक्रिबाट ४ करोड रुपैया बढी आम्दानी गर्ने भएका छन् । गाउँभरीनै सुन्तला लगाएका कृषकले ब्यापारीहरु उचित मूल्य दिएर बगैचामा आएपछि सो बराबरको आम्दानी हुने भएको हो । बाँसखर्कका ब्यावसायिक सुन्तला कृषक जगतबहादुर खत्रीले... पुरा पढ्नुहोस