फिचर

प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना, दूई पत्रकार पुरस्कृत

  म्याग्दी, २२ बैशाख । नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा प्रेस युनियन अक्षयकोष घोषणा गरिएको हो। शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको हो । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो समय... पुरा पढ्नुहोस

भुरुङमा भूमे थानको उद्घाटन

  सुरेन गुरुङ, म्याग्दी, २० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थानको उद्घाटन गरिएको छ । प्रकृतिलाई खुशी बनाउने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरिएको थानको उद्घाटन गरिएको हो । स्वदेश तथा विदेशमा रहेका भुरुङबासीको सक्रियतामा गाउँको शिरमा रहेको थानको पुर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिका... पुरा पढ्नुहोस

भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै

  म्याग्दी, १८ बैशाख । पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकियस्थल –रुईसे– भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ। समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाईमा परेको हो... पुरा पढ्नुहोस

धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

  शिवाङ, १६ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । तलिममा २८ वटा... पुरा पढ्नुहोस

म्याग्दीमा राहदानी लिने बढे

  म्याग्दी, ६ बैशाख । स्वदेशमा रोजगार पाउने अवस्था नआउँदा म्याग्दीबाट वैदेशिक रोजगारमा जानेहरु बढेका छन् । शैक्षिक, दक्ष र मजदुर सम्मका युवायुवतिहरु रोजगारको खोजीमा विदेश पलायन हुन थालेक हुन् । स्वदेशमा आत्मनिर्भर बन्ने तलव र सेवासुविधाको अभावले पछिल्लो समय वैदेशिक रोजगारका लागि राहदानी लिने संख्या म्याग्दीमा बढेको हो ।... पुरा पढ्नुहोस

भेडिओढारमा भेडापालन (फोटो फिचर)

बेनी, ७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल भेडीओढारमा स्थानीयले गरेको भेडापालन । धौलागिरि आइसफल पदमार्गले समेटिएको यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिँदै आएको भेडापालन पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ । भेडिओढारमा भेडा राख्नका लागि दुई विशाल ढुंगामा ओढार... पुरा पढ्नुहोस

बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन(फाेटाे फिचर)

म्याग्दी, २ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो ।... पुरा पढ्नुहोस

प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन (फोटो फिचर)

बेनी, १ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको... पुरा पढ्नुहोस

ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ तिलकिनीमा अवस्थित ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन गरेको रु १० लाख बजेटबाट उक्त उद्यान निर्माण गरिएको हो । मन्दिर परिसरमा अप्ठ्यारो... पुरा पढ्नुहोस

एकल तथा फरक क्षमता भएका महिलालाई अचार बनाउने तालिम

म्याग्दी, २८ चैत । एकल तथा फरक क्षमता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मालिका गाउँपालिकाको दरवाङमा आयोजित एक हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरेर तालिम गरिएको हो । पालिकाभित्र रहेका एकल, फरक क्षमता भएका तथा... पुरा पढ्नुहोस