प्रवास

नेपाली युवालाई यूएईमा पर्‍यो ३५ करोडको चिठ्ठा

काठमाडौं, ६ असोज । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली... पुरा पढ्नुहोस

एनआरएनए सेन्दाईको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

सेन्दाई ३ असोज । एनआरएनए क्षेत्रिय समिती सेन्दाईको आयोजना तथा रेडक्रस सोसाईटी जापानको ब्यबस्थापनमा आज जापानको सेन्दाईमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना कहरको तेस्रो लहर सुरु भए संगै शुरु भएको रगत अभाबलाई सहज गराउने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली, जापानिज, श्रीलंकी सहित बिभिन्न देशका गरेर करिब ७० जनाले रक्तदान... पुरा पढ्नुहोस

म्याग्देली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना युएईको सम्मान

म्याग्दी ६ भदौ । म्याग्दीकी प्रतिभाशाली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । Global Child prodigiy top 100 मा परेर युएईमा अवार्ड लिन पुग्नुभएकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोना युएईले सम्मान गरेको हो । मोना युएईका अध्यक्ष सुवास राम्जालीको अध्यक्षता, महासचिव काजीमान बुढाथोकी... पुरा पढ्नुहोस

बेल्जियममा राष्ट्रिय भलिबलका क्याप्टेन अरुणालाई सम्मान

म्याग्दी, असार । नेपालको राष्ट्रिय महिला भलिबल टिमको टिम क्याप्टेन म्याग्देली खेलाडी अरुणा शाहीलाई बेल्जियममा सम्मान गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले निवासी शाहीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)बेल्जियम र राखु समाज बेल्जियमले सम्मान गरेका हुन् । खेल क्षेत्रबाट राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा जिल्लाको नाम राख्न सफल भएको भन्दै... पुरा पढ्नुहोस

जापानको नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

म्याग्दी ६ असार । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी म्याग्देलीहरुको दुष्टी, समृद्ध म्याग्दीको सुष्टी’ भन्ने मुल नाराका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान... पुरा पढ्नुहोस

छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान

अष्टेलिया १६ जेठ । छन्त्याल परिवार अष्टेलिया (सीपीए)को अध्यक्षमा बुद्धिमान घरब्जा छन्त्याल निर्वाचित भएका छन् । आइतबार एक कार्यक्रमका बीच बुद्धिमान सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । परिवारको उपाध्यक्षमा धन छन्त्याल र सँगीता छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, सहसचिबमा विशाल छन्त्याल, कोषाध्यक्षमा किरण छन्त्याल र सहकोषाध्यक्षमा विकास छन्त्याल चुनिएका छन्... पुरा पढ्नुहोस

मोना पोर्चुगलद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ हजार युरो आर्थिक सहयोग

लिस्वन । पोर्चुगलस्थित रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको। मोना पोर्चुगलद्वारा मंगलबार राजधानी लिस्वनमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पाँच हजार युरो भन्दा बढि सहयोग उपलब्ध गराएको हो । युरोप भ्रमणमा रहनु भएका पुनले मोना पोर्चुगलबाट प्राप्त आर्थिक... पुरा पढ्नुहोस

मोना अष्ट्रेलियाले म्याग्दीका सबै स्थानीय तहमा आँखा शिविर गर्ने

    म्याग्दी, १० बैशा । दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले म्याग्दीका सबै स्थानीय तहमा आँखा शिविर गर्ने भएको छ । मोना अष्ट्रेलियाले नेपाल नेत्र ज्योति संघ म्याग्दीसँग सहकार्य गरेर शिविर गर्ने भएको हो । अष्ट्रेलियामा रहेको म्याग्देलीको साझा संस्था मोनाले म्याग्दीमा... पुरा पढ्नुहोस

बेनी अस्पताल व्यवस्थापन समिति र मोनाबिच छलफल

म्याग्दी १२ चैत । बेनी अस्पताल व्यवस्थापन समिति र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका पदाधीकारीबीच शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको छ । मोनाद्धारा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधीकारीलाई बधाई तथा मोना र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा गर्न सकिने कामका बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा मोनाका प्रतिनिधीहरुले... पुरा पढ्नुहोस

एनआरएनए ओसिनिया क्षेत्रीय संयोजकमा न्यूजील्याण्डबाट म्याग्दीका केसीको उम्मेदवारी

म्याग्दी २८ फागुन । म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनाका लाल केसीले गैरआवासी नेपाली संघ (एनआरएनए) को ओसिनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनुभएको छ । न्यूजील्याण्डमा बस्दै आउनुभएका केसीले निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । न्यूजील्याण्ड एनसीसीको नेतृत्व सहित आधा दर्जन संघसंस्थामा आवद्ध रहनुभएका केसीसँग संस्थागत नेतृत्व र सहकार्यको राम्रो... पुरा पढ्नुहोस