प्रवास

मोना कुवेतको अध्यक्षमा विश्वकर्मा चयन

म्याग्दी २६ फागुन ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको अध्यक्षमा प्रेम बहादुर विश्वकर्मा चयन हुनुभएको छ । मोना कुवेतको प्रथम अधिबेशनबाट बिश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट छ मानार्थ सल्लाहकारमा ज्ञानेन्द्र शर्मा, सल्लाहकारहरुमा नन्द बहादुर बरुवाल, रुपेन बिक्रम हमाल र... पुरा पढ्नुहोस

मोना युएईद्वारा चिमखोलाकी इन्दिरा पुन ‘उसा’लाई आर्थिक सहयोग

म्याग्दी २१ फागुन । युएईमा खुट्टामा समस्या आएपछि समस्यामा परेकी म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाकी इन्दिरा पुन (उसा) लाई म्याग्दी प्रवासी नेपाली संघ( मोना) युएईले आर्थिक सहयोग गरेको छ । एक्कासी खुट्टामा समस्या आएपछि हिँडडुल गर्न समेत नसक्ने भएको र कम्पनीले उपचारमा बेवास्ता गरेपछि मोना युएईले उनलाई घर फिर्ताको लागि... पुरा पढ्नुहोस

मोना पोर्तुगल अलेन्तेजो क्षेत्र दोस्रो अधीवेशन सम्पन्न, अध्यक्षमा पौडेल चयन

पोर्तुगल २० फागुन । पोर्तुगलमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको क्षेत्रीय समिति मोना पोर्तुगल अलेन्तेजो क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा मणी रत्न पौडेल, बरिष्ठ उपाध्यक्ष निरोज कार्की, उपाध्यक्षमा इन्द्र बरुवाल, दिप शाही, कुल गर्बुजा, महासचिवमा धनुष छन्त्याल, सचिवमा... पुरा पढ्नुहोस

अक्षयकोषका लागि सहयोग जुटाउन हङकङमा अभियान

बेनी १३ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि आइतबार हङहङमा कार्यक्रम गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कोषका पदाधीकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा करिब चालीस लाख रुपैयाँ सहयोगको प्रतिवद्धता घोषणा भएको... पुरा पढ्नुहोस

करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा सहयोग (भिडियाे सहित)

म्याग्दी, ३ फागुन । करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा रु १ लाख १७ हजार सहयोग गरिएको छ । विभिन्न ठाउँबाट संकलन भएको सो सहयोग रकम मल्कबाङका अगुवा थम छन्त्याल र नर छन्त्याल मार्फत कृष्ण वली र उनकी पत्नी रुपालाई हस्तान्तरण गरिएको छ । https://www.youtube.com/watch?v=-yEmtfXBczM&feature=youtu.be करेन्ट... पुरा पढ्नुहोस

म्याग्दी समाज युएसए मेरिल्याण्डको अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री चयन

अमेरिका ३ फागुन । अमेरिकाको मेरिल्याण्डमा स्थापित म्याग्दी समाज युएसए मा नयाँ कार्य समिति चयन भएको छ । सन् २००९ मा स्थापना भएको यस संस्थाको बार्षिक अधिवेसन मार्फत म्याग्दी समाज युएसएको सन् २०१९ /२०२० सम्मका लागि नयाँ समिति गठन भएको छ । अधिबेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री निर्वाचित हुनुभएकाे ... पुरा पढ्नुहोस

कुबेतमा अल्पत्र म्याग्दीका रन्तिजालाई मोना कुवेतद्धारा उद्धार

म्याग्दी, २९ माघ । रोजगारिको शिलसिलामा कुवेतमा पुगेर विरामी भएपछि अल्पत्र परेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका चमबहादुर रन्तिजालाई उद्धार गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुवेतको पहलमा ५२ बर्षका रञ्तिजालाई उद्धार गरि नेपाल पठाईएको हो । काम गर्दा गर्दै अचानक बेहोस भइ ढलेका रञ्तिजालाई फर्वानिया अस्पतालमा २१ दिन लामो... पुरा पढ्नुहोस

म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज

काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । रोजगारिको... पुरा पढ्नुहोस

जापानमा दुखत घटनाः एक महिनाकी छाेरीलाइ छाडेर संधैका लागि अस्ताइन प्रमिला

म्याग्दी, २५ माघ ।  जापानमा एक म्याग्देली चेलिको दुखत निधन भएको छ । अध्ययन र रोजगारिको शिलसिलामा श्रीमान संगै जापानको कुवानामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माएकी प्रमिलालाई ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना... पुरा पढ्नुहोस

मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित

निरोज कार्की पोर्तुगल म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित हुनुभएको छ । पोर्तुगलमा रहेका म्याग्देलीको साझा संस्था मोनाको १२ औं साधारण सभा तथा छैठौ अधिवेशनबाट निवर्तमान महासचिब रहनुभएका फगामीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन पुन,उपाध्यक्षहरुमा दिपेन्द्र भण्डारी, कमला... पुरा पढ्नुहोस