खेलकुद

बेनीमा गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता हुने

म्याग्दी, १६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो( छेलो) प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यही जेठ २० गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा ठेलो प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीको ब्यवस्थापकीय जिम्मेवारी सहित रहेको ठेलो प्रतियोगितामा आयोजक म्याग्दीबाट... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरमा खेलकुद प्रतियोगिता (फोटो फिचर)

कमल खत्री बेनी ७ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रचार प्रसारका लागि आधार शिविरमा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवद्र्धन गर्ने उदेश्यले ‘उच्च उँचाई खेलकुद प्रतियोगिता’ आयोजना गरेको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको... पुरा पढ्नुहोस

गण्डकी प्रदेश महिला छात्रा भलिबलको प्रमुख प्रशिक्षकको जिम्मेवारी म्याग्दीका रोकालाई

म्याग्दी, १५ बैशाख । गण्डकी प्रदेश महिला छात्राभलिबलको प्रमुख प्रशिक्षकको जिम्मेवारी म्याग्दीका मलिन रोकाले पाएका छन् । बैशाख १५ देखि १७ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगीता तर्फबाट गण्डकी प्रदेशबाट सहभागी हुने महिला भलिबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी रोकाले पाएका छन् । म्याग्दी जिल्ला भलिबल प्रशिक्षक समेत रहेका रोकालाई... पुरा पढ्नुहोस

म्याग्दीबाट १३ जना खेलाडी राष्ट्रियस्तरको प्रतियोगितामा छनोट

म्याग्दी, १२ बैशाख । पोखरामा सम्पन्न १३ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीबाट सहभागि भएर उतकृष्ट खेल प्रर्दशन गर्ने १३ जना खेलाडीलाई राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशले छनोट गरेको छ। बैशाख ११ र १२ गते पोखरामा सम्पन्न प्रतियोगितामा सहभागि खेलाडीले ६ स्वर्णसहित १२ पदक जितेको जिल्ला खेलकुद विकास समितिका... पुरा पढ्नुहोस

अन्नपूर्णमा ‘अध्यक्ष कप’को उपाधी शिखलाई

  म्याग्दी, २ वैशाख । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत... पुरा पढ्नुहोस

बौद्धयुवाक्लवले जित्यो सेभेन ए साइड फुटबल

धु्रवसागर शर्मा म्याग्दी १ वैशाख । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लव बेनी मंगलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रवार (आज) भएको फाइनल... पुरा पढ्नुहोस

बगरफाँटमा फुटबल प्रतियोगिता शुरु

  म्याग्दी २८ चैत । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

  म्याग्दी, २७ चैत । अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो ।... पुरा पढ्नुहोस

पश्चिम म्याग्दी यूवा क्लवले जित्यो ‘म्याग्दी कप’को उपाधी

  म्याग्दी, ७चैत्र। सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी दरवाङ युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पेनाल्टी सुआउटमा पराजित गर्दै पश्चिम म्याग्दीले उपाधी जितेको थियो । निर्धारित समय गोल रहित बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा... पुरा पढ्नुहोस

उपाधीका लागि फाईनलमा कालीपुल युनाईटेड र पश्चिम म्याग्दी भिड्ने

  बेनी, ६ चैत । सदरमुकाम बेनीमा जारी लिग फुटबल प्रतियोगिताको उपाधी लागि फाईनलमा मंगलबार कालीपुल युनाईटेड क्लव र पश्चिम म्याग्दी भिड्ने भएका छन् । खुल्लामञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई पराजित गर्दै फाईनलमा उपाधीका भेट पक्का गरेका हुन् ।... पुरा पढ्नुहोस