खेलकुद

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

  म्याग्दी, २ भदौ । जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार्थ शाक्य रहेका... पुरा पढ्नुहोस

नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन

  म्याग्दी, २२ साउन । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार सम्पन्न भएको एक भेलाले नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी.को अध्यक्षतामा भएको भेलाबाट नविन पौडेलको अध्यक्षतामा ९ सदस्यीय नेपाल केन्पो काई संघ म्याग्दी तदर्थ समिति गठन गरेको... पुरा पढ्नुहोस

बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन

  बेनी, २० साउन । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी (मुस्कान) गौचन, सचिवमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा रामचन्द्र खत्री चयन हुुनुुभएको... पुरा पढ्नुहोस

म्याग्दीमा अभ्यास गर्नेे खेलकुद पूर्वाधारको अभाव

  बेनी, १७ साउन । पछिल्लो समयमा म्याग्दीमा खेलाडीहरुले अभ्यास गर्ने खेलकुद पूर्वाधार अभाव छ। जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र संचालन गर्ने पूर्वाधारको अभावले फुटवल, क्रिकेट, भलिवल लगायतको खेलले गति लिन सकेको छैन् । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको उपस्थितमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले... पुरा पढ्नुहोस

अन्नपूर्णले मेयर कप बास्केटबलको उपाधी जित्ने खेलााडीलाई गर्‍यो भब्य सम्मान

  म्याग्दी, १२ असार । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ। कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको ( यू–१८) पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागि भएर राष्ट्रियस्तरको उपाधी जित्ने खेलाडीलाई मंगलबार बेनीमा सम्मान गरिएको हो ।... पुरा पढ्नुहोस

मेयरकप बास्केटबलको उपाधी अन्नपूर्ण गाउँपालिकाले जित्यो

  म्याग्दी, ९ असार । कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ। शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको... पुरा पढ्नुहोस

छात्र भलिबलमा के वि एकेडेमी प्रथम

दरवाङ (म्याग्दी ) ४ असार ।म्याग्दीको मालिका गाउँपालिका ७ बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ । जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले... पुरा पढ्नुहोस

जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविण पौडेल

  म्याग्दी, ३ असार । जिल्ला क्रिकेट संघ म्याग्दीको अध्यक्षमा प्रविण पौडेल सर्वसम्मत चयन भएका छन् । शनिबार बेनीमा भएको संघको दोस्रो अधिवेशनबाट पौडेललको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा कर्णबहादुर घिमिरे, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा सौरभ किसान सर्वसम्मत चयन भएका छन् । त्यस्तै संघको कार्यसमिति सदस्यहरूमा... पुरा पढ्नुहोस

बाल उद्यानमा रमाउन थाले बालबालिका

  म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल स्थित सार्वजनिक जग्गामा निर्माण भएको बाल उद्यानमा बालबालिका रमाउन थालेका छन् । बाल उद्यान निर्माणले बजारमा कोठामा सिमित रहेका बालबालिकालाई मानसिक, शारीरिक र बौद्धिक विकासका लागि सकारात्मक मनोरञ्जनका लागि सहयोग पुगेको छ। गाउँबाट बजारमा पढाउनका लागि झरेका बालबालिकालाई अभिभावकले बेलुकाको समयमा... पुरा पढ्नुहोस

प्रथम म्याग्दी भलिवल कपको ट्रफी सार्वजनिक

  म्याग्दी, २१ जेठ । म्याग्दीमा विद्यालयस्तरी छात्रा÷छात्रहरुले सहभागि जनाउने प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा आगामी पुस ५ गतेदेखि हुने प्रथम म्याग्दी भलिवल रनिङ कप प्रतियोगिताको आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै रनिङ कप सार्वजनिक गरिएको हो । आईतबार जिल्ला भलिवल संघको... पुरा पढ्नुहोस