खेलकुद

भगवतीमा आयोजित बडादशै मेला : पुरुष भलिवलको उपाधी नवलपुरलाई

म्याग्दी, २९ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा भगवती युवा क्लवले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी नवलपुरले जितेको छ । शनिबार भएको फाईनलमा नवलपुरले आयोजक भगवती युवा क्लवलाई ३–२ सेटमा पछि पार्र्दै उपाधी जितेको हो । भलिवलप्रेमी दर्शको भिड रहेको फाईनलमा नवलपुर र भगवतीले निकै प्रतिस्पर्धा... पुरा पढ्नुहोस

तेक्वान्दोको पुम्सेतर्फको उपाधीमा पुलिसको वर्चश्व

बेनी, २९ असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाको उपाधीमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम... पुरा पढ्नुहोस

महिला भलिवलमा सेना र प्रदेश १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो

म्याग्दी, २९ असोज । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल अन्तरगत शनिवार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपतिद्वारा समुद्घाटन

कास्की २८ असाेज । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको... पुरा पढ्नुहोस

बेनीमा जारी राष्ट्रिय महिला भलिबलको लिग चरणमा चार समूहको अग्रता

बेनी, २८ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शुक्रवार नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा बिजयी हाँसिल गरेका छन् । यस अघि सुदुरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा सुरु गरिसकेको छ । बेनीको... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद स् खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

गण्डकी, २८ असोज :  पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो । आज त्यही पोखरामा चार दशकपछि नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ । तत्कालीन समयमा दर्शकका रुपमा रङ्गशालामा आउनुभएका भट्टराईलाई त्यही प्रेरणाले अन्ततः अन्तर्राष्ट्रिय खेलाडीका... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा बागमतीको बिजयी यात्रा सुरु (भिडियो सहित)

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको दोस्रो खेलमा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ । प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो । https://www.youtube.com/watch?v=X-BitWbofjY&t=240s बागमती र प्रदेश नम्बर... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा एपिएफको बिजयी यात्रा सुरु (भिडियो सहित)

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी यात्रा अघि बढाएको छ । https://www.youtube.com/watch?v=1hyH92Z4ajI&t=218s कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७... पुरा पढ्नुहोस

बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता उत्सवमय बन्दै (तस्बिर/भिडियाे)

बेनी, २८ असोज : म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रुपमा सञ्चालन गरेका छन् । https://www.youtube.com/watch?v=oG2ltnfpHVA प्रतियोगिताको हरेक खेल लगत्तै म्याग्दीको... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिबलमा प्रतियोगितामा गण्डकीको विजय शुरुवात (फाेटाे फिचर)

म्याग्दी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजय शुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको महिला भलिबलको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशको टिमलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै गण्डकीले बिजयी सुरुवात गरेको हो । पहिलो सेटमा... पुरा पढ्नुहोस