आज देखी छाप मेला सुरु

  • २७ आश्विन २०७४, शुक्रबार
  • 4159 पटक पढिएको

असोज, २७ म्याग्दी । बेनी नगरपालिका –५ छापमा छाप युवा क्लवले शुभदिपावलीको अवसरमा आज देखी मेला सुरु गरेको छ ।


कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अथिति निर्माण व्यवसायि संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले यस्ता मेला पर्वले खेल क्षेत्रमा ठुलो भुमिका खेल्ले बताएका छन् । कार्यक्रममा बिशिष्ठ अथिति बेनपा– ५ का वडा अध्यक्ष कृष्णसिंङ बानिँयाँ, अथिति क्षेत्री समाजकी अध्यक्ष अमृत देवि बाँनिया, जिल्ला खेलकुद समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, गनेश बानीया, मेला संमयोजक गोबिन्द बानीयाँ र खेल संयोजक मिलन जिसीले मन्तवय राखेका थिए । भने कार्यक्रको स्वागत क्लबका उपाध्यक्ष रन्जन खत्रि, र शुभकामना मन्तव्य क्लवका सल्लाकार बिशाल खत्रीे गरेको कार्यक्रमको सञ्चालन क्लव सचिव सन्दिप खत्रीले गरेका थिए ।


मेलामा पुरुष भलिबल, महिला लठो तान्ने पुरुष लठो तान्ने जस्ता खेलहरु छन् । भने मेला यहि ३० गते सम्म सञ्चालन हुने क्लवका कोषाध्यक्ष प्रदिप खत्रीले जानकारी थिए । मेलामा पुरुष भलिबलमा १५ टिमले सहभागिता जनाएका छन् ।