वाम एकता जनताको चाहना

  • २७ आश्विन २०७४, शुक्रबार
  • सुदिन पौडेल
  • 6643 पटक पढिएको

नेपालको राजनितीमा एउटा क्रमभंग भएको छ । समानान्तर जस्तै गरि एउटै दिशामा लगाडी बढेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र यतिबेला धु्रवीकरण उन्मुख बनेका छन् । स्थानीय तहको निर्वाचन पछि प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा दुई पार्टीबिच चुनाबी तालमेलको केही हल्ला बाहीर आएको थियो । र त्यो हल्लामा न नेकपा एमालेका कार्यकर्ता विश्वस्त थिए नत नेकपा माओवादी केन्द्रका नै ।

तर दशैँको माहोलमा आम मानिस रमाईरहेका बेला नेपाली राजनितीमा उथलपुथलको अबस्था देखियो । विशेष गरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले ‘बृहत वाम एकता’को अभियानलाई औपचारीक रुपमै थालनी गरिदिएपछि नेपालमा मात्रै नभएर छिमेकी मुलुकहरुमा समेत यसले चर्चा पाएको छ । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा यी मुख्य तीन दलले गरेको चुनाबी तालमेलले अबश्य पनि ठुलो अर्थ राख्छ नै । समाजवादी क्रान्तिलाई पच्छाएका यी वामदलहरुले चुनाबी तालमेलसंगै पार्टी एकताको प्रकृया समेत थालनी गरिसकेका छन् ।

जसको लागि तीनै पार्टीका शिर्षस्थ नेताहरु सम्मिलित पार्टी एकता संयोजन समिति समेत गठन भईसकेको छ । जस्ले गर्दा नेपालको कम्युनिष्ट आन्दोलनमा बामबन्थि दलहरुको यो एकता प्रकृयाले अबस्य पनि कम्युनिष्ट आस्था र विचार मान्ने सुभचिन्तकहरुमा खुसीको सञ्चार गराएको छ । नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लागेका यी तीन दलका बारेमा अहिले जे जस्ता हल्ला र भम्रहरु बाहिर आएका छन् । त्यसलाई मेटाउन भने नेतृत्वकर्ता लाग्नैपर्छ । अहिलेको चुनाबी तालमेल न माओवादी एमालेमा बिलय भयको हो न एमाले माओवादी मा। यो समयको माग हो । जस्ले जे आरोप लगायपनि यो नेपाली जनताको पक्षमा नै छ ।

सबैलाई थाहै भएको कुरा हो । हाम्रो देश मा बिबिध बिकासका आधार भएपनि अस्थिर राजनैतिक प्रणालिले गर्दा हाम्रो देशले विकासमा गतिलिन नसकेको कुरा सर्ववितिदै छ । देशमा लामो समय संघर्ष अनि ठुला–ठुला बलिदानिबाट प्राप्त उपलब्धि हरु आज हामिले संविधान मै लेखेर प्राप्त गरेका छौ । कतिपय कुराहरु प्राप्त गर्ने चरणमा छन् । मधेसी दलित उत्पिडीत र जनजातिहरुको जायज माग लाई सम्बोघन गर्दै संबिधानको कार्यान्वयनको लागि पनि नेपालमा वामपन्थीहरुको एकता आबश्यक हो । बर्षौददेखि बाम एकता को खाचो परिरहेको बेला जसरी, माओवादी केन्द्र, एमाले र नयाँ शक्ति पार्टीको एकताको प्रक्रियालाई बिधिबत रुपमा अगाडि बढायका छन यसलाई कम्युनिष्टको सच्चा सिपाही हरुले स्वागत गर्नेछन जस्तो लाग्छ ।

कुर्चीको लागि भागबण्डा नपायर पार्टी चिराचिरा पार्ने कम्युनिस्ट हरु भन्दै आलोचना खेप्दै आएको बेला अझ नेपालमा कम्युनिष्ट हरु बिहान सङगै एक भएर जान्छन् बेलुका दुई हुँदै चार भएर आउँछन भन्ने भनाईनै व्यापक भई रहेको बेला यो कदम स्वागतयोग्य नै छ । तर यो कदम अधिकाँश लाई सपना जस्तो पनि लाग्न सक्छ किनकि एमाले माओवादी गठबन्धन तोडिएर माओवादी काँग्रेससंगको सत्ता समिकरणमा रहिरहेका बेला एक्कासी नेताहरुले बोल्ड डिसिजन लिएका छन् । यो निर्णयलाई प्रचण्डले भन्दै आएको निरन्तरताको क्रमभंगता भन्ने बाक्याम्स सम्झीएर बुझ्दा सजिलो होला अझ । अब माओवादी केन्द्र, एमाले र नयाँ शक्ति बिच चुनाबी तालमेल हुनेमा कुने संख्का छैन् ।

जब ७० प्रतिशत भन्दा बढी कम्युनिष्टहरु रहेको मुलुकमा पटक पटक काँग्रेसको नेतृत्वमा मुलुक यथास्थितिमा चल्दै आउनुपर्ने जुन बाध्यता छ । अबको निर्वाचनबाट बामपन्धिहरुको दुई तिहाई सहितको बहुमत आउने संकेन देखिएको छ । अर्कोतर्फ पार्टी एकताकै प्रकृया समेत थालनी भईसकेकाले अब नेपालमा शक्तिशालि र बलियो एउटै कम्युनिष्ट पार्टी निर्माण हुने आसा समेत बढाएको छ । जसरी दशँैको शुभकामना संगै मुख्य बामपन्थी दलहरुले आश्चर्यचकित पार्ने गरि कम्युनिष्ट एकतालाई अगाडी बढाएका छन् । यसलाई कुनै पनि आन्तरीक तथा बाह्य शक्तिको दबाब र प्रभाबबाट मुक्त गर्न जरुरी छ । ओली नेतृत्वको सरकार विघटन भएपछि कटु आलोचकको रुपमा रहेका एमाले अध्यक्ष ओली , माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई एकै ठाउँमा बसेर राजनितीमा आउँलान भन्ने कसैले कल्पना समेत गर्न सकेको थिएन् ।

यो निर्णयले स्थायी सत्रु हुदैनन भन्ने माहान उक्ति लाई समेत नेपाली राजनीतिक घटनाक्रम ले प्रष्ट रुपमा प्रस्टाईदियको छ । हिजो एकले अर्कालाई पानी बाराबार गर्दै आएको र एकले अर्कालाई नमान्ने स्थिति समेत आज एकाएक हामी संगसंगै अगाडी बढ्न सक्छौँ भन्नेमा आउनु कुनै सामान्य कुरा हुन सक्दैन्। यहाँ सम्म आउदा भित्रिरुपमा माओवादी केन्द्र र एमाले का केही जिम्मेवार नेता हरु बारम्बार छलफल र बहसमा बसेपनि नेता कार्यकर्ता अनबिज्ञ नै भएका थियौ । अहिले पार्टी एकताको बारेमा नेतृत्वपंतिमा झैपनि नीति बिचार कार्यदिशाहरुमा अझैपनि थुप्रै असमझदारीहरु छन् नै । जसरी नेपालमा माओवादी जनयुद्ध र ऐतिहाँसिक जनआन्दोलन लगायतका संघर्षबाट प्राप्त उपलब्धिहरु अहिले गणतन्त्र, संघियता, नयाँ संविधान, समानुपातीक समावेशीता जस्ता मुद्धाहरु कार्यान्वयनको चरणमा छन् । यीनको रक्षाका निम्ती समेत यी मुद्धाहरुलाई संस्थागत रुपमै अंगीकार गर्ने शक्तिहरु एकजुट हुनुको विकल्प थिएन् ।

अहिले जसरी मुलुक माओवादीको एजेण्डामा अगाडी बढीरहेको छ । अब ती एजेण्डाहरुको कार्यान्वयनमा समेत माओवादी सहितको नेतृत्वको आबश्यकता जरुरत थियो । बाम एकताले अब यो कुराको पनि ग्यारेन्टी गर्ने निश्चित प्राय छ । अबको राजनितीक यात्रा आगामी निर्वाचनमा बाम गठबन्धनको दुई तिहाई सिट हाँसिक गर्दै मुलुकमा पत्येक्ष निर्वाचित कार्यकारीसंगै मुलुकलाई दिर्घकालिन विकास र समृद्धितर्फ लैजानुपर्छ । संगसंगै एउटै कम्युनिष्ट पार्टी निर्माण समेत ।

तर माओवादीले मान्दै आएको माओवाद, अधिकार विहिनलाई अधिकार सम्पन्न गराउने, पहिचानको मुद्धालाई कार्यान्वयन गराउने सबालमा एमाले लचक होलात ? यदि यहि कारण एमाले पछाडी फर्कन थाल्यो भने फेरी पनि यो एकता प्रकृया स्थगित हुने थुप्रै आसंका गर्ने ठाउँहरु छन् । तर ईतिहाँसको आबश्यकतालाई बुझेर मुलुकको समृद्धिका निम्ती अब माओावदी केन्द्र, एमाले र नयाँ शक्तिका शिर्ष नेताहरुलाई वृहत बाम एकताको यो बाटोबाट अलग भएर हिड्न छुट पटक्कै छैन् । बाम एकताले मात्रै समाजवादको गन्तव्यलाई सहज र सरल तरिकाले भेटाउन सम्भव छ ।

लेखक पौडेल अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् ।

सुदिन पौडेल