तिलिचो पुग्दा संसार भुलेपछि (फोटो फिचर)

  • २४ आश्विन २०७४, मंगलवार
  • दिनेश सुवेदी
  • 3234 पटक पढिएको

दशैँ तिहार भन्ने वित्तिकै घुमघाम र मनोरञ्जनको लागि खर्चिने समय भनेर बुझ्ने गरिन्छ । विगतका बर्षहरुमा दशैँ तिहारको समयमा नजीकका ठाउँहरुमा घुमघाम गरेको अनुभबले यस बर्षको समयलाई हामीले संसारकै अग्लो ठाउँमा अबस्थित तिलिचो ताल पुग्ने निधो ग¥यौ।

कतिपय जागिरे साथिहरु यहि दशैँ तिहारको अबसरमा फुर्सदीला बन्ने र हामी पनि त्यो समयलाई त्यसै खेर नफाल्ने अठोटका साथ तिलिचो ताल पुग्ने कसरतमा लागेका थियौ । म दिनेश सुवेदी सहित साथिहरु आदित्य सुवेदी, सुनिल सुवेदी, आकास केसीको टोली टिका ग्रहणसंगै तिलिचो तर्फ लाग्ने निधो गरिसकेका थियौ ।दशैँको टिकाको पर्सिपल्ट हामी चार जना बेनीदेखि मोटरसाईकलमा तिलिचोतर्फको लागि यात्रा सुरु ग¥यौ ।

बेनीदेखि सुरु भएको पहिलो दिनको हाम्रो यात्रा पोखरा, दमैली, डुम्रे हुँदै लमजुङको बेशी शहर पुगेर रोकियो । पहिलो दिनको बास हामी स्थानीय होटलमा बस्यौ र भोलीपल्ट त्यहाँबाट पुन मोटरसाईकल बाट तिलिचो यात्रामा लाग्यौ । दोस्रो दिन हामी मनाङको खाङ्सारसम्म पुग्न सफल भयौ ।

त्यहाँदेखि केही अगाडीसम्म मोटरबाटोको पहुँच भएपनि सर्वसाधारणको लागि त्यहाँदेखि माथि सवारी साधन लैजान मनाही रहेछ । हामीले पनि हाम्रा सवारी साधनलाई त्यही नै सुरक्षित हुने गरी राख्यौँ । मनाङ जिल्लाको मस्र्याङदी गाउँपालिकामा रहेको संसारको अग्लो ठाउँमा अबस्थित तिलिचो तालको यात्राका दिन बढ्दै जाँदा नयाँ ठाउँको अबलोकनले भम्रण उपलब्धि मुलक बनिरहेको थियो ।

अग्ला ठाउँबाट झर्ने मनमोहक झरना, रमणीय ठाउँहरुले यात्राका दुखहरु बिर्साइरहेका थिए । वास्तवमा विद्यार्थी जिवन सिक्ने उमेर पनि हो । यो भम्रणको क्रममा हामीले थुप्रै नयाँ कुराहरु पनि सिक्यौँ । जुन कुराहरु पर्यटन विकासको क्षेत्रमा उपयोगी बन्न सक्छन् । तेस्रो दिन हामीले मनाङको खाङ्सारबाट पदयात्रा सुरु गरियो । झण्डै चार घण्टापछिको पदयात्रा पछि हामी तिलिचो बेसक्याम्प पुगियो ।

दशैँ तिहारलाई सदुपयोग गर्न हामी मात्रै होईन त्यहाँ हजारौँको संख्यामा आन्तरिक पर्यटकहरु पुगेका थिए । अधिकाँश विद्यार्थी र युवाहरु नै त्यहाँ पुगेको हामीलाई अनुभुति भयो । तिलिचो ताल घुम्नको लागि यो सिजनलाई उपयुक्त मानिने भएकाले पनि चाडपर्वको फुर्सदको समयलाई धेरैले तिलिचो जस्ता संसारकै उत्कृष्ट पर्यटकीय क्षेत्रहरुको भम्रणमा खर्चिने गर्छन् । हामी बेसक्याम्पमा पुग्दा त्यहाँ आन्तरीक पर्यटकहरुको चाप बढी रहेको पायौँ ।

त्यहाँ तीन वटा होटल रहेछन पर्यटकको खान बस्नको लागि । हामी त्यो दिन त्यहाँको होटलमा बास बस्यौँ । बास बस्न निकै महंगो रहेछ । सादा खानालाई ५ सयसम्म पर्दो रहेछ । बास बसेको एक जनाको शुल्क १५ सयसम्म पर्दो रहेछ । तर त्यो पाउन पनि निके कठिन भयो । कतिपय त कोठा नपाएर बाहिर त्यतिकै बसेको समेत पायौँ । चौथो दिनको यात्राको गन्तव्य थियो तिलिचो तालको ।

त्यही गन्तव्यलाई फलो गर्दै हामी विहान सबेरै ४ बजेनै त्यसतर्फको यात्रामा निस्कीयौँ । बाटोमा तिलिचोतर्फ लागेका आन्तरिक पर्यटकहरुको लर्को हेर्दाे कतै विवाहको जन्ती हिँडेको झल्को आउँथ्यो । हिमालको फेदीतिर लम्कदै गर्दा यात्रा निकै कष्टकर थियो नै तर त्यो सबै थकान र दुखलाई त्यहाँको मनोरम हिमसृङ्खला र फरक भौगोलिक भूवनोटले बिर्साइदिन्थ्यो । हिमालतर्फको यात्रामा लेक लाग्नेहरु तिलिचो पुग्न नपाएकोमा रुन समेत पछि पर्दैनथे ।

उकालो बाटोमा व्यवस्थित पदमार्गको अभाबमा पनि पर्यटकहरु निर्वाध रुपमा हिँडीरहेका थिए । हरेक व्यक्तिका अनुहार खुसीले गदगद देखिन्थे । मलाई लाग्यो सबैले संसार भुलेका छन् । सबैले आफ्नो दैनिकीलाई भुलेर यो प्रकृतिको अनुपम सुन्दरतासंग मितेरी गाँस्न कस्सीएका छन् । यसै यसै अनुभव हुन्थ्यो यात्रामा । विहान ४ बजे हिँडेका हामी झण्डै चार घण्टाको पदयात्रापछि हाम्रो गन्तव्यस्थल तिलिचो ताल मा पुग्यौ ।

हिमालको फेदीमा पुग्दा हामीले आफुलाई पनि निकै भाग्यमानी महसुस ग¥यौ । आहा ! कति रमाईलो रहेछ तिलिचो ताल । वरीपरि हिमालले घेरिएको तिलिचो ताल वरिपरि घेरिएका हिमालहरुले झनै सुन्दरता थपिएको रहेछ । तिलिचो तालसंगै यस वरीपरि घेरिएका तिलिचो, निलगिरी लगायतका हिमालहरुलाई हेर्दा लाग्थ्यो तिलिचोको सुन्दरताको चोरीहुनबाट जोगाउन ती हिमालहरुले सिपाही भएर सुरक्षा दिएका छन् ।

समुन्द्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको यो तालको रङ निलो, सेताम्मे दन्तेलहरजस्तै वरिपरी देखिने हिमालले मन लोभ्याउँदा फुरुङ्ग हुने त्यो रमाईलो क्षणलाई शब्दमा बर्णन गर्न सकिदैन् । साँच्चकी यो यात्रा अहिलेसम्मकै साहशिक र उत्कृष्ठ पनि भयो । हामीले तिलिचो पुगेर त्यहाँको सुन्दरतासंग फोटो त खिचायौँ नै त्यसमा पनि पर्यटन विकासको स्थलगत शिक्षा पनि आर्जन गर्नबाट पछाडी परेनौँ ।

दशँैको विदा मनाउन कतिपय उच्च पदस्थ व्यक्तिहरु विदेशतर्फ लाग्ने संस्कृति बढीरहेका बेला संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेका तिलिचो लगायतका ठाउँहरुलाई पनि विर्सनु हुदोरहेनछ भन्ने शिक्षा हामीले यस यात्राबाट सिक्यौँ । जसरी अहिले दशैँ लगायतका चाडपर्वको अबसरमा तिलिचोसंगै मुस्ताङ, रारा लगायतका ठाउँहरुमा घुम्ने ट्रेन सुरु भएको छ यसलाई अब हामीले म्याग्दीका पर्यटकीय क्षेत्रहरुतर्फ जोड्न जरुरी छ ।

संसारको सातौँ अग्लो धौलागिरि, अन्नपूर्ण लगायतका दर्जन बढी हिमसृङखला भएको म्याग्दी जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार र होटल, पदमार्ग जस्ता पूर्वाधारको विकास गरि म्याग्दीमा पर्यटनको मुल फुटाउने तर्फ ध्यान दिनुपर्छ ।

अहिले मुस्ताङ र तिलिचोतर्फ पर्यटक तान्नुको मुख्य उदेश्य भनेको विभिन्न चलचित्र र म्युजिक भिडियोहरुमा त्यहाँको पर्यटकीय स्थलहरुलाई समावेश गर्नुपनि प्रमुख कारण रहेको हामीले अनुभव गरेका छौँ । तसर्थ प्रचुर पर्यटकीय सम्भावना बोकेको भर्जिन पर्यटकीय गन्तव्यका रुपमा रहेको म्याग्दीमा पर्यटकहरुको आकर्षण बढाउन पर्यटन पूर्वाधारसंगै प्रचार प्रसारको माध्ययमलाई जोडदिनतर्फ लाग्न सबैले ध्यान दिन जरुरी देखिन्छ ।

तस्बिर/ आदित्य/दिनेश/सुनिल/आकास
लेखक दिनेश सुवेदी स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसका कोषाध्यक्ष हुन् ।

 

दिनेश सुवेदी