चे ग्वेभाराको हत्याको ५० वर्ष, विश्वभरी लाखौं मानिस सडकमा

  • २४ आश्विन २०७४, मंगलवार
  • 8783 पटक पढिएको

चे ग्वेभाराको हत्या भएको ५० वर्ष पुगेको दिनको सम्झनामा क्यूबामा हजारौं मानिसहरु सडकमा ओर्लिएका छन् । सान्टा क्लारामा राष्ट्रपति राउल क्यास्त्रोसहितले चे लाई सम्झिएका छन् । ल्याटिन अमेरिकाका अरु देशमा समेत हजारौंले चे को सम्झना गरेको विविसीले जनाएको छ ।क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज पचास वर्ष पुगेको छ । विश्वका उत्पीडित जनताहरुको मुक्तिका लागि क्रान्ति र संघर्षको प्रतिक बनेका चे ग्वेभारा मानव इतिहासमा साहस र क्रान्तिकारिताका लागि चिनिन्छन् ।

चे ग्वेभारालाई सुराकीले दिएको सूचनाका आधारमा अमेरिकी सैनिकहरुले मारेका थिए । मर्नु अघि चे ले भनेका थिए– आऊ, कायरहरु, यो छातीमा गोली ठोक, तिमीले बढीमा एकजना व्यक्तिलाई पो मार्न सक्ने हो ।

साँच्चिकै त्यस्तै भयो । चे को शरीर अस्त भएपनि उनको विचार भने आगो झैं फैलियो । आज संसारमा चे लाई नसम्झिने र उनका बारेमा थाहा नपाउने धेरै कम छन् । खासगरी ल्याटिन अमेरिकामा त चे एउटा आइकन हुन विद्रोहका । चे ग्वेभारा मारिएको क्षणको तस्वीर ४७ वर्षसम्म सार्वजनिक भएन । तीन वर्ष अघि परिवारले उनको तस्वीर सार्वजनिक गरेको थियो । तस्विर सार्वजनिक गरेका इनामोल आर्टिएगाले भनेका छन् कि १९६७ मा यी तस्विर समाचार एजेन्सी एएफपीका फोटो जर्नलिष्ट मार्क हटनले लिएका थिए । ती तस्विर चे ग्वेराका अंकल लुइस कार्टेरोलाई दिइएको उनको भनाइ छ ।

लुइस त्यतिबेला बोलिभियामा मिसनरीकोरुपमा काम गर्थे । यी तस्विर उनले ४७ वर्ष सम्म लुकाएर राखेका थिए । अर्जेन्टिनामा जन्मेका चे ग्वेभारा बोलिभियामा पक्राउ परेपछि बन्दी बनाइएका थिए । उनलाई सन् १९६७ अक्टोबर ९ को दिन हत्या गरिएको थियो ।

ग्वेभाराले क्युवाली तानाशाह फुल्गेन्सियोबतिस्ता विरुद्ध सन् १९५३ को जुलाइमा क्रान्तिको घोषणा गरेका थिए । उनकै नेतृत्वमा भएको क्रान्तिमा अहिले सम्म जिवितै रहेका क्युवामा २८ वर्ष शासन गरेका फिडेल क्यास्ट्रो पनि समावेश भएका थिए । उनले सन् १९५८ मा क्युवामा सत्ता विद्रोह गर्न सफल भए । चे लाई सैनिक कमाण्डरको जिम्मेवारी दिइयो । तर उनले अन्य देशमा समेत क्रान्ति फैलाउन भन्दै क्युवा छोडे । source:everestdainik.com

चे ले युवा अवस्थामा सानो मोटर लगाइएको साइकलमा अर्जेन्टिनामा १२००० किलो मिटर लामो यात्रा गरेका थिए । उनले यो विषयमा संस्मरण समेत प्रकाशित गरेका थिए । यस्को नाम थियो (मोटरसाइकल डायरीज । सन् २००४ मा यो डायरीको विषयमा चलचित्र नै बनेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विश्वास गर्ने चे सन् १९५९ को जुलाइमा भारत आएर तत्कालीन प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरुलाई समेत भेटेका थिए ।