अर्मनका पहिरो प्रभावीतलाई मोना युकेको आर्थिक सहयोग

  • २३ आश्विन २०७४, सोमबार
  • 3088 पटक पढिएको

म्याग्दी, २३ असोज । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनका पहिरो प्रभावीतहरुलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले आर्थिक सहयोग गरेको छ । मोनाको महाधिवेशनको अवसरमा मोना युकेका अध्यक्ष कमल पुर्जाले मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकालाई अर्मनका पहिरो प्रभावीतका लागि बेलायतमा संकलीत २४ हजार १०० रुपैया हस्तान्तरण गर्नुभएको थियो ।

पात्लेखेतका पहिरो पिडित र बेनपा ४ डाँडाखेतको बालबन्दिर आधारभुत विद्यालयलाई पनी सहयोग गरिने मोना युकेले जनाएको छ ।

सो अवसरमा मोना युकेको विभिन्न कार्यक्रममा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । पत्रकार सन्तोष गौतम, हरिकृष्ण गौतम, मेजन पुन, राजु पुन, बेनी सामुदायीक माविका प्रअ दिपक श्रेष्ठ लगायतलाई सम्मान गरिएको हो ।

बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, मोनाका अध्यक्ष योगेन्द्र क्षेत्री, मोना युकेका अध्यक्ष पुर्जा, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले सम्मानपत्र वितरण गर्नुभएको थियो ।