रुममा सार्वजनिक सुनुवाई सम्पन्न

  • १७ फाल्गुन २०७३, मंगलवार
  • धिरन खत्री
  • 1697 पटक पढिएको

म्याग्दी,१७ फागुन । म्याग्दीको रुम गाविसमा मंगलबार सार्वजनिक सेवाप्रवाह र विकास निर्माण सम्वन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।
रुम गाविस कार्यालयले आयोजना गरेको कार्यक्रममा गाविस तथा विषयगत कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विकास निर्माण जस्ता अवस्थाको विषयमा अन्तक्रिया भएको थियो ।

कार्यक्रममा सहभागि स्थानिय बासिले जिविसको योजना सम्झौता र रकम भुक्तानीमा ढिलासुस्ती हुने गरेको, गाविसमा शौचालय बनाउन वितरण गरिएको प्यानको सदुपयोग नभएको र पशुसेवा कार्यालयबाट प्राविधिक राखेपनि प्राविधिकबाट सुविधा पाउन नसकेको लगायतको गुनासो गरेका थिए । त्यस्तै रुमबासिले ग्रामिण क्षेत्रको शान्ति सुरक्षाको लागि प्रहरीले गस्ती बढाउनुपर्ने माग गरेका थिए ।

गाविस सचिव पुर्णप्रसाद शर्मा, इलाका प्रहरी कार्यालय दरवाङ्गका प्रहरी नायव निरिक्षक दयाराम पौडेल, नायव पशुसेवा प्राविधिक अर्जुन चोखालले सहभागिले गरेको प्रश्नको उत्तर दिनुभएको थियो । उहाँहरुले सेवाप्रवाहलाई थप सहज बनाउन र स्थानियको सुझाब अनुसार अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

गाविस सचिव पुर्णप्रसाद शर्माको अध्यक्षता, सामाजिक परिचालक सिता पुनले स्वागत गर्नुभएको कार्यक्रमको संचालन पत्रकार सन्तोष गौतमले गर्नुभएको थियो । सो कार्यक्रममा गाविसका सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दल, संघसस्थाका प्रतिनिधि तथा स्थानिय बासिको सहभागिता रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l