एमाले र माओवादी केन्द्रसँग नयाँ शक्ति पनि मिसियो

  • १७ आश्विन २०७४, मंगलवार
  • 1667 पटक पढिएको

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी  पनि मिसिएको छ ।

आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ । यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा सात बुँदे सहमति भएको थियो ।

बामदलहरुबीच कार्यगत एकता गर्दै आगामी निर्वाचनमा जाने तरखरमा लागेका दलहरु पार्टी एकता प्रक्रियामा नै अघि बढेका छन् ।

source; ratopati