दशैँको विदा : मुस्ताङको भम्रण गर्ने बढेपछि बेनीका होटल भरीभराउ

  • १६ आश्विन २०७४, सोमबार
  • कमल खत्री
  • 3827 पटक पढिएको

म्याग्दी, १७ असोज । बेनी–जोमसोक सडक हुदै हिमाल पारिको जिल्ला मुस्ताङको भम्रण गर्ने आन्तरिक पर्यटकहरु बढेका छन् । दशैँको विदालाई सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने प्रर्यटकहरुको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रका होटलहरु भरीभराउ भएका हुन् । दशैँको टिकाको भोलीपल्टदेखि मुस्ताङ भम्रणमा आउनेहरुको भिड बढेसंगै होटल भरीभराउ भएको बेनी स्थित होटल शिखरका प्रोपाईटर सुजन बरुवालले बताउनुभयो ।

उहाँले होटलको क्षमता भन्दा पनि बढी पाहुनाहरु आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बताउनुभयो । दशैँ विदामा मुस्ताङ भम्रण गर्नेहरुले बास बस्नको लागि बेनीका होटलहरुमा अग्रीम बुकिङ समेत गर्न थालेका छन् । पर्यटकको चाप बढेपछि बेनीका ठुला तथा साना होटलहरु पाहुनाले दैनिकजसो भरिभराउ हुन थालेका हुन् ।

मुस्ताङको प्रसिद्ध मुक्तिनाथ, लोमानथाङ लगायतका ठाउँहरुको भम्रणका लागि नेपालका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा मोटरसाईकल र अन्य सवारीसाधन मार्फत आन्तरिक पर्यटकहरु भित्रिरहेको दानाका होटल व्यवसायि इन्द्रसिंह शेरचनल जानकारी दिनुभयो ।


निजी तथा सार्वजनिक सवारी साधन हुँदै पर्यटकहरु भित्रने क्रम बढेपछि बेनी संगै बेनी–जोमसोम क्षेत्रका होटल व्यवसायिकहरु उत्साहित बनेका छन् । निजी सवारी साधनमा आएका पर्यटकहरुले मुस्ताङसंगै सडक खण्ड अन्र्तगत पर्ने म्याग्दीको धार्मिक एवम् पर्यटकीय स्थलहरु गलेश्वर, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छी लगायतका पर्यटकीय स्थलहरुको समेत अबलोकन गर्ने गरेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l