हेर्नैपर्ने १० वेबसाइट

  • ११ आश्विन २०७४, बुधबार
  • 2625 पटक पढिएको

तपाईं हामीले दैनिक कैयन् वेबसाइट लगअन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरञ्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । करोडौं वेबसाइट छन् इन्टरनेटको दुनियामा । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन । अझ कतिपय निकै उपयोगी तथा हेर्नैपर्ने वेबसाइटको बारेमा पनि हामीलाई थाहा भैरहेको हुँदैन । यस्तै १० वेबसाइट जसका बारेमा हामी कमैलाई थाहा होला, तर यी निकै उपयोगी र कामलाग्ने खालका छन्, ती यस्ता छन् :
१. RSOE EDIS 

यो वेबसाइटले यस्तो अद्वितीय नक्सा देखाउँदछ जहाँ रियल टाइममा विभिन्न ठाउँमा भएका आकस्मिक घटना, प्रकोपहरु, चेतावनी तथा अन्य जानकारीहरु प्रदान गरिएको हुन्छ । तपाईंले यो वेबसाइटमा गएर नक्सामा जूम गरेर कुनै पनि ठाउँको वस्तुस्थिति थाहा पाउन सक्नुहुन्छ ।

२. Cost of Living Comparison

यदि तपाईं कतै घुम्न जाने योजनामा हुनुहुन्छ भने तपाईंले यो वेबसाइट हेर्दा निकै फलदायी हुन्छ । यसले विश्वका विभिन्न सहरको जिवनयापनको खर्चका बारेमा जानकारी दिन्छ । कहाँको भाडादर कति छ ? दैनिक उपयोगिताका सामानहरुको मूल्य कित छ ? होटल रेष्टुरेन्ट कत्तिको महंगा छन् भन्नेबारेमा यो वेबसाइटबाट जानकारी पाइन्छ ।

३. HaveIBeenPwned


तपाईंको इमेल वा कुनैप्नि अनलाइन अकाउन्टको डाटा ह्याक भए नभएको थाहा पाउनका लागि यो वेबसाइट निकै भरपर्दो माध्यम हो ।

४. Fake Name Generator

यदि तपाइँलाई आफ्नो वास्तविक नाम, ठेगाना वा परिचय लुकाउन मन छ र कुनै छद्म परिचयमा इन्टरनेटमा देखिने इच्छा छ भने यो वेबसाइटमा गएर आफ्नो नक्कली नाम, ठेगाना तथा परिचय सिर्जना गर्न सक्नुहुन्छ ।

५. MyNoise

ब्याकग्राउण्डमा कुनै आवाज बजाउने विभिन्न एपहरु अहिले छ्यापछ्याप्ती छन् । ती मध्ये ःथ द्ययष्कभ एउटा उत्तम विकल्प हो ।

६. Creddle

बेरोजगारहरुका लागि निकै उत्कृष्ट बायोडाटा तयार गरिदिने साइट हो यो । त्यसैले यो पनि निकै उपयोगी हुनसक्छ ।

७. FreeSound

यो वेबसाइटमा तपाइँले निशु्ल्क रुपमा कैयन् आवाजहरुका फाइल प्राप्त गर्न सक्नुहुन्छ । भिडियो बनाउन, अनलाइन गेम तयार पार्न वा सुन्नका लागि समेत यी आवाजहरु निकै काम लाग्दछन् ।

८. Academic Earth

विभिन्न विधाका अनलाइन कोर्शहरु उपलब्ध गराउने यो निकै उपयोगी शैक्षिक साइट हो ।

९. PatrickJMT

गणित धेरैलाई अप्ठेरो लाग्दछ । त्यसैले यो वेबसाइटमा निकै सजिलोसँग तपाइँले गणित सिक्न सक्नुहुनेछ ।

१०. NoExcuseList

  • विभिन्न नयाँ सिपहरु सिक्नका लागि यो साइटमा अनलाइन श्रोतहरु उपलब्ध छन् । विभिन्न शैक्षिक देखि घरायासी सिपहरु समेत यो साइटमा सिक्न सकिन्छ । Source: www.onlinekhabar.com

एजेन्सीको सहयोगमा