नेकपा माओवादी केन्द्रसंग नयाँ शक्ति पार्टी म्याग्दीको एकता (फोटो फिचर)

  • १० आश्विन २०७४, मंगलवार
  • कमल खत्री
  • 4517 पटक पढिएको

म्याग्दी, १० असोज । नेकपा माओवादी केन्द्रसंग नयाँ शक्ति पार्टी नेपाल, म्याग्दीको एकता भएको छ । नेकपा माओवादी केन्द्रसंगको ध्रुवीकरण अभियान अन्र्तगत नयाँ शक्ति पार्टी म्याग्दीका अध्यक्ष भुपेन्द्र बुढाथोकी, केन्द्रिय परिषद सदस्य कृष्ण गिरीको नेतृत्वमा नयाँ शक्ति पार्टीको सिंगो जिल्ला समिति नै नेकपा माओवादी केन्द्रमा समाहित भएको हो ।            

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य अमिक शेरचन, देवेन्द्र पौडेल, बलावती शर्मा लगायतका केन्द्रिय नेताहरुको उपस्थितिमा मंगलवरा बेनीमा आयोजित कार्यक्रममा नयाँ शक्ति म्याग्दी र माओवादी केन्द्र म्याग्दीबिच एकता भएको घोषणा गरिएको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष बुढाथोकीले मुलुकमा दशबर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत र मुलुकको समग्र विकासको लागि परिवर्तनकारी शक्तिहरुबिच एकता गरिएको बताउनुभयो ।

उहाँले जनयुद्धका बाँकी कार्यभार विभाजनबाट सम्भव नहुने भएकाले माओवादी लगायत परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्छ भन्ने सन्देशका लागि माओवादी केन्द्रमा आफुहरु एकता गरेर अगाडी बढेको बताउनुभयो । सो क्रममा रघुगंगा गाउँपालिका– ३ का एक दर्जन स्वतन्त्र युवाहरु समेत माओवादी केन्द्रका नेता हरि भण्डारीको पहलमा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य अमिक शेरचन, देवेन्द्र पौडेल, बलावती शर्मा, जिल्ला ईन्चार्ज मानबहादुर बुढा, जिल्ला संयोजक गोविन्द पौडेल लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र तथा स्वतन्त्र रुपमा उम्मेदवार बनेर बिजयी जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

त्यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा रहँदा जिललको विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डाक्टर मिनबहादुर श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा , राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेतृ बलावती शर्मा, जिल्ला इनचार्ज मानबहादुर बुढा, जिल्ला संयोजक गोविन्द पौडेल, मालिका–७ का वडा अध्यक्ष सुविन जुग्जाली, बेनी नगरपालिका– ३ का वडा अध्यक्ष पदम पुन, कृष्ण गिरी, दण्डपाणी सापकोटा, माओवादी केन्द्रमा नवप्रवेशी नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन राष्ट्रिय जनस्वयमसेवक संगठनका जिल्ला संयोजक खिम बहादुर पुन, युवा नेताहरु विनोद केसी, हरि भण्डारी, पुस्कार विक, देवराज सुवेदी, टेकबहादुर विक, नगेन्द्र केसी, बेगबहादुर घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द केसीको अध्यक्षता, शेरबहादुर केसीको स्वागत र भुपेन्द्र बुढाथोकिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबिच सोही अबसरमा क्यान्सरपिडित मंगला गाउँपालिका–१ का पृथलाल लामगाडेको उपचारको लागि वाईसिएल जिल्ला अध्यक्ष नगेन्द्र केसीको नेतृत्वमा संकलन भएको रु ३५ हजार पिडित परिवारलाई हस्तान्तरण समेत गरिएको थियो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l