म्याग्दीमा सुरक्षित गर्भपतन संख्या बढ्यो

  • १० आश्विन २०७४, मंगलवार
  • धिरन खत्री
  • 1873 पटक पढिएको

 

म्याग्दी, १० असोज । म्याग्दीमा सुरक्षित गर्भपतन गनेै संख्या बढेको छ । जिल्लामा गत आर्थिक बर्ष २०७३÷७४ मा एक हजार १०० जना भन्दा बढीले गर्भपतन गराएका छन् ।

तेस्रो सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार बेनीमा आईपास नेपालको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७३७४ मा एक हजार १९५ जनाले सुचिकृत स्वास्थ्य संस्था र तालीमप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिएको जानकारी गराइएको हो । कार्यालयको तथ्याङ्क अनुसार सोही अवधिमा जिल्लाभर एक हजार ४१० जना सुत्केरी भएका थिए । बेनी नगरपालीकाकी स्वास्थ्य संयोजक लिला गौतमले कार्यक्रमको सहजिकरण गर्दै आर्थिक वर्ष २०७१७२ र ०७२०७३ मा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या एक हजार ८३ र एक हजार २२५ जना रहेको जानकारी दिईन् ।

नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिदाँ प्रभावकारी हुने हुदाँ सबैले लाइसन्स प्राप्त स्वास्थ्य कर्मी कार्यरत स्वास्थ्य चौकीबाट सेवा लिने संख्या बढेको अस्पताल मेडिकल अधिकृत डा. अनुजा रेग्मीले बताईन । उनले असुरक्षित गर्भपतन गर्दा अत्याधिक रक्तश्राव, लामो ब्यथा तथा तल्लो पेट दुख्ने र बाँझोपन देखिनेसमेत सो कार्यक्रममा जानकारी गराईन ।

म्याग्दीको बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र १२ वटा स्वास्थ्य संस्था सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत रहेका छन् । विभिन्न अवस्थामा गर्भवतीको मञ्जुरीमा १२ हप्ता सम्मको गर्भ पतन गराउन पाउने व्यवस्था गरेपनी पछिल्लो समय गर्भपतनलाई परिवार नियोजनको बैकल्पीक माध्यम र लिङ्ग पहिचान गरेर भ्रुण हप्या गर्ने क्रम बढेकोप्रती सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर बिराट शर्माले गर्भपतन गराउने अवस्था आउन नदिन सर्वसाधारणमा सचेतना र परिवार नियोजनका साधनको प्रयोगमा जाड दिनुभयो । मातृ शिशू मृत्युदर कम गर्ने उद्देश्यले वि.स २०५९ देखि कानुनी मान्यता पाएको गर्भपतन सेवालाई सरकारले २०७३ देखि निशूल्क बनाएको छ ।

मेडीकल अधिकृत डाक्टर शर्माको अध्यक्षता, जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन कार्यक्रम संयोजक नारायणप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा आईपास नेपालका जिल्ला संयोजक उपमा बरालले संस्थाको गतिबिधिको बारेमा जानकारी गराएकी थिईन ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l