घराम्दी जिप दुर्घटनामा घाईते पाँच जना डिसचार्ज, ६ जनालाई पोखरा रिफर

  • १० आश्विन २०७४, मंगलवार
  • 2671 पटक पढिएको

म्याग्दी १० असोज  म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ हिस्तान महिभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बेनी देखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका छ जनालाई थप उपचारका लागि रातीनै पोखरा रिफर गरिएको छ । १ जनाको बेनी अस्पतालमा उपचार भैरहेको र ५ जना उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालीका ७ की ३० वर्षिया लक्ष्मी गर्बुजा, २५ वर्षिया ममता पुर्जा, करिना फगामी, चालक धु्रब थजाली र सवारी धनी तुलबहादुर फगामीको रिजनल हस्पीटल र लालदेवी गर्बुजाको मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ ।
१२ वर्षिया बर्षा फगामीको बेनी अस्पतालमा उपचार भैरहेको छ भने ५ जना उपचार पछि रातीनै डिस्चार्ज भएका प्रहरीले जनाएको छ । सडकबाट करिब ४० मिटर तल जिप खसेर दुर्घटना हुँदा घाइते भएकाहरुलाई स्थानीयबासी, प्रहरी र यातायात व्यवसायीले उद्धार गरेर रातीनै बेनी ल्याएका थिए । साँघुरो, घुमाउरो र उकालो जिर्ण सडकमा क्षमत्ता भन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।