नेविसंघ म्याग्दीको कार्यबहाक विवाद यसरी मिल्यो !

  • ९ आश्विन २०७४, सोमबार
  • 3511 पटक पढिएको

म्याग्दी, ९ असोज । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघ म्याग्दीमा लामो समयदेखि चल्दै आएको कार्यबहाक सभापतीको विवाद टुंगीएको छ । नेविसंघ जिल्ला अध्यक्ष भरत रकालले केन्दिय सदस्यमा उम्मेदवारी घोषणा लगत्तै जिल्ला सभापतीबाट पदत्याग गरेपछि संघमा कार्यबहाक सभापतीको बिषयमा विवाद चल्दै आएको थियो ।

कार्यबहाक सभापतीको रुपमा उपाध्यक्ष एकेन्द्र महत र नेविसंघ म्याग्दी बहुमुखी क्याम्पस मुल ईकाइ सभापती निर्मल खत्रीले आ–आफ्नो नाममा कार्यबहाकको जिम्मेवारीको पत्र लिएर आएपछि जिल्लामा नेविसंघभित्र कार्यबहाक सभापतीको विवाद देखिएको थियो । तर सोमबार बसेको नेपाली काँग्रेस म्याग्दीको १६ आँै बैठकले कार्यबहाकको जिम्मेवारी सहितको पत्र लिएर आएका महत र खत्री दुबै विद्यार्थी नेताहरु बिचमा आपसी छलफल गराएर विवाद समाधान गरेको हो ।

सो बैठकले नेविसंघको कार्यबहाक सभापतीमा एकेन्द्र महत र आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा विद्यार्थी परिचालन संयोजकमा चयन गर्ने निर्णय गरेको छ । काँग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजाको अध्यक्षता तथा साँसद रेशमबहादुर बानियाँको बिशेष उपस्थितिमा बसेको जिल्ला कार्य समितिको बैठकको सो निर्णय संगै नेविसंघ म्याग्दीमा लामो समयदेखि देखिएको कार्यबहाक सभापती को ? भन्ने विवाद मत्थर भएको छ ।