महिलामैत्री भवन निर्माणका लागि सौन्दर्यकला व्यवसायीको सहयोग

  • ९ आश्विन २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2177 पटक पढिएको

बेनी ९ असोज । बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा महिलामैत्री भवन निर्माणका लागि सौन्दर्यकला व्यवसायी संघले सोमबार आर्थिक सहयोग गरेका छन् ।

संघका अध्यक्ष प्रमिला जोशी श्रेष्ठ नेतृत्वको पदाधीकारी र सदस्यहरुको टोलीले प्रहरी कार्यालयमा पुगेर प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्कालाई दश हजार १०५ रुपैया हस्तान्तरण गरेका हुन् ।

हिंसामा परेर न्यायका लागि प्रहरीमा आउने ग्रामिण क्षेत्रका महिलाहरुको सुबिधाका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सो भवनमा दुई वटा कोठा रहेका छन् । एउटामा आश्रयस्थल र अर्कोमा नागरीक सहायता कक्ष सञ्चालन गरिने भएको छ ।

करिब आठ लाख रुपैयामा निर्माण हुन लागेको सो भवनका लागि बेनीका विभिन्न संघ संस्था, कार्यालय तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

 

सन्तोष गौतम