मल्लाजमा बडादसै मेला सुरु

  • ८ आश्विन २०७४, आईतवार
  • 2559 पटक पढिएको

जलजला ८ असोज । पर्वतको जलजला गाउँपालीका ३ मल्लाजमा शनिबारदेखि बडादसै मेला सुरु भएको छ । बडादसै पर्वको अवसरमा हिमशुसेली युवा कल्वले आयोजना गरेको मेलाको जलजला गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तब्य व्यक्त गर्दै अध्यक्ष मल्लले खेलकुद प्रतियोगिताको साथसाथै युवा कल्वहरुले सामाजिक कामलाई पनी प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा जलजला २ का अध्यक्ष गोविन्द खत्री, ३ का अध्यक्ष रवी भण्डारी, गाउँपालीकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, वडा सदस्य भगवती जिसी, विद्याज्योती माविका प्रअ मुरारी शर्मा, स्थानीय अगुवाहरु टेकबहादुर जिसी, बाबुराम पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । यसैगरी मेलाका सांस्कृतीक संयोजक नविन जिसी, अमृत आदर्श माविका प्रिन्सीपल हिराबहादुर बरुवाल र समाजकल्याण प्राबीका प्रअ ओमबहादुर जिसीले मन्तब्य व्यक्त गर्नुभएको थियो । कल्वका अध्यक्ष सन्दिप अधिकारीको अध्यक्षता, सचिव रविन जिसीको सञ्चालन र कोषाध्यक्ष निलु जिसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


मेलामा पुरुष, महिला भलीबल, बास्केटबल, छेलो, अन्धनिशान, लोक नृत्य प्रतियोगिता र विबिध सांस्कृतीक कार्यक्रम सञ्चालन हुने आर्थिक संयोजक राम केसीले जानकारी दिनुभयो । पुरुष भलिबलमा प्रथम र दितृय हुने टोलीलाई ६६ हजार ६६६ र ४० हजार १११, महिला भलिबलमा प्रथम २० हजार १११, दितृय १५ हजार १११, बास्केटबलमा प्रथमलाई २३ हजार ३३३ र दितृय हुनेलाई २० हजार १११ रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । आईतबारदेखि खेलकुद प्रतियोगिता सुरु हुने कल्वले जनाएको छ ।