राष्ट्रिय माविमा एकल नृत्य प्रतियोगिता तथा बृहत खेलकुद कार्यक्रम

  • ५ आश्विन २०७४, बिहीबार
  • सन्दिप खत्री
  • 2201 पटक पढिएको

 

म्याग्दी,५ असोज । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमक विद्यालयमा जिल्ला स्तरिय अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता तथा बृहछ खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल तथा धौलागिरि बाल क्लबको संयुक्त आयोजनामा सञ्चालित सप्ताह व्यापी खेलकुद कार्यक्रम दर्जन भन्दा बढी विधा खेलहरु सञ्चालन गरिएको थियो । विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभा प्रष्फुट गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शिक्षक नायक दुर्लब सुवेदीले बताए ।


अन्तर विद्यालय जिल्ला स्तरिय लोकनृत्य प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । जस अन्तर्गत प्रकाश माध्यमिक विद्यालय बेनीका रेजिना शेरपुञ्जाले प्रथम स्थान हासिल गरेकी थिईन । त्यसैगरि न्यू वेष्ट प्वाईन्ट आवासिय माविका इच्छा राई द्वितिय, गलेश्वर मावि तोरीपानीका सञ्जु पुन तृतीय र दीपक मावि पात्लेखेतका गौरीका घतानेले सान्त्वना स्थान हासिल गरेका थिए । उनीहरुले क्रमशः नगद ३ हजार पाँच सय प्रमाणत्रपत्र, २ हजार पाँच सय र प्रमाण, एक हजार पाँच सय प्रमाण र १ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी बृहत खेलकुद सप्ताहमा सञ्चालन भएका खेलका विजयी विद्यार्थीहरुलाई मेडल, ट्रफि र प्रमाणद्वारा पुरस्कृत गरिएको थियो । साथै अन्तर सदनात्मक खेलकुद सप्ताहमा भएका सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयमा रहेका चार सदन मध्ये रातो सदनले २०९ अंक प्राप्त गर्दै २०७४ को उत्कृष्ट सदनको रुपमा घोषित भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी म्याग्दीका मन्त्री यामबहादुर चोखालले विद्यालयमा हुने साँस्कृतिक तथा खेलकुद कार्यक्रमले विद्यार्थीको व्यक्तित्व, नेतृत्व र सिकाईमा समेत टेवा पुग्ने बताए । कार्यक्रममा बेनपा ९ का वडा अध्यक्ष बेलबहादुर चाखोल, विद्यालका प्रअ तारादेवी चोखाल, बाल क्लबका अध्यक्ष निरज खत्री, उप शिक्षक विष्णु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जुनियर रेडक्रसका सभापति शर्मिला श्रेष्ठको अध्यक्षता, शिक्षक विजय चोखालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयमा रहेको जुरेशले विद्यालयलाई प्लाष्टिक मुक्त घोषणा, विद्यालयमा फोहोरमैला व्यवस्थापन गर्नका लागि डस्वीनको व्यवस्था लगायतका रचनात्मक एवम् विद्यालयमा विभिन्न किसिमका शुक्रबारिय कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको शिक्षक नायक सुवेदीले बताए ।

 

सन्दिप खत्री

म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l