बिहिबार विहान वौद्ध कपको सेमिफाईनल खेलहरु हुने

  • ४ आश्विन २०७४, बुधबार
  • धिरन खत्री
  • 3055 पटक पढिएको

 

म्याग्दी ४ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बिहिबार देखि सेमिफाईनल खेल हुने भएको छ।

सेमिफाईनलका खेलहरु बिहिबार विहान बौद्ध युवा क्लव भर्सेज एभरग्रिन युथ क्लव र जिल्ला प्रहरी कार्यालय भर्सेज कालीपुल युथ युनाईटेड क्लव सेमिफाईनलमा भिड्ने भएका छन् । बौद्ध युवा क्लवले न्यु दोभान युथ क्ल्वलाई शुन्य विरुद्ध ५ गोल गर्दै सेमिफाइन यात्रा तय गरेको थियो । भने ऐभरग्रिन क्लव बिले जिल्ला फुटवल संघ बाग्लुङलाई शुन्यका विरुद्ध २ गोल गर्दै सेमिफाईनल प्रवेश गरेको हो ।


त्यस्तै कालीपुल युथ युनाईटेडले रिभरसाईडलाई शुन्य विरुद्ध एक गोल गर्दै सेमिफाईनल प्रवेश गरेको थियो । भने जिल्ला प्रहरी कार्यालय म्याग्दीले पेनाल्टी सुट आउटमा जलजला गाउँपालिकालाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो ।सेमिफाईनल विहिबार विहान हुने छ ।

प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार प्राप्त गर्ने वौद्ध युवा कल्वले जनाएको छ । सेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशाशित टिमलाई दश हजार रुपैयाको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छछ हजार नगद सहित प्रदानपत्र प्रदान गरिने कल्वका अध्यक्ष बिजय किसानले बताउनुभयो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l