कस्तुरी सहकारीद्धारा महिला मैत्री भवन निर्माणका लागि २० हजार सहयोग

  • ४ आश्विन २०७४, बुधबार
  • धिरन खत्री
  • 2079 पटक पढिएको

म्याग्दी, ४ असोज । सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागको महिलामैत्री भवन निर्माणका लागि २० हजार ५सय ५५ रुपैयाँ सहयोग गरेको छ । सहकारीको नवौँ स्थापना दिवसका अवसरमा भवन निर्माणमा सो सहयोग गरेको हो ।

स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमका विच प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्कालाई संस्थाका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले हस्तान्तरण गर्नुभएको हो । सहयोगलाई बुझ्दै प्रनाउ खड्काले सहकारीको प्रगतिको शुभकामना दिदै हिंसामा परेका महिला तथा बालबालिकाको सुरक्षाको लागि नागरिक तथा महिला मैत्री सहायता कक्षले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष श्यामलाल न्यौपानेले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । सहकारीका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र सचिव विनय श्रेष्ठको संचालनमा सम्पन्न गर्नुभएको थियो ।

बजारबासी, संस्थाहरु, ब्यक्तिगत रुपमा प्राप्त आर्थिक र भौतिक सामाग्री तथा आर्थिक सहयोगमा दुईवटा कोठे आश्रय स्थल निर्माण गरिएको छ । आश्रयस्थलमा भएपछि प्रहरुी कार्यालयमा उजुरी तथा गुनासो गर्नका लागि होटलमा बास बस्नेगरि बेनी आउने पीडितलाई सहयोग पुग्ने छ ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l