सवारी चेकजाँचमा कडाई

  • ४ आश्विन २०७४, बुधबार
  • धिरन खत्री
  • 2330 पटक पढिएको

म्याग्दी, ४ असोज । चाडपर्वको समयमा सवारी साधन बढी आवाजजावात हुने र मधिराजन्य पदार्थ सेवन गरि सवारी चलाउदाँ दुर्घटना बढ्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले चेकजाचँमा कडाई गरेको हो । चाडपर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी चेकजाँचमा सक्रियता देखाएको हो ।

चाडपर्वको समयमा सम्भावीत सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले चेकजाँचमा दिनसंगै रातमा पनि तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले बताए । बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनको चेकजाँचमा तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन, तिब्र गति लगायतका कारणले हुने दुर्घटना न्युनीकरणका लागि सर्तकता अपनाइएको हो । बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–बागलुङ सडकमा नियमित, बेनीमा रात्रीकालीन र अन्य ग्रामिण सडकमा छड्के चेकीङ गरिरहेको पाठकले बताउनुभयो ।

जिल्लामा हुने दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने, बिलबुक, सवारी चालक अनुमती पत्र नभएका, क्षमत्ता भन्दा बढी यात्रु बोक्ने जस्ता नियम विपरीत कार्य गर्नेलाई कारबाही गर्दै आएको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l