काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा कार्की चयन

  • ४ आश्विन २०७४, बुधबार
  • 2539 पटक पढिएको

म्याग्दी, ४ असोज । काठमाण्डौमा बसोबास गर्ने काँग्रेस सुभेच्छुकहरुको संस्था नेपाली काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा चित्र कार्की चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न समितिको तेस्रो अधिवेशनबाट कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा ३४ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कमानसिंह पुन, उपाध्यक्षमा प्रदीप श्रेष्ठ, मोहन छन्त्याल, शिव केसी, रवि गौचन, दिलकुमारी जुग्जाली र प्रेमदत्त पौडेल रहेका छन् ।


, सचिबमा इन्द्र थापा, सहसचिब दिपेन्द्र रिजाल, कुशुम मल्ल, हर्कबहादुर छन्त्याल, कोषाध्यक्षमा गोपाल बानियाँ, सहकोषाध्यक्षमा धर्म सुवेदी चयन भएका छन् । सम्पर्क समितिका सभापती केवि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री डा. शशांक कोइरालाले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसलाई बहुमत सहितको पहिलो पार्टी बनाउन आबश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचनमा पार्टीले सोचे अनुरुप सिट लिन नसकेको भन्दै आगामी निर्वाचनमा केन्द्रित भएर लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा र सासद रेशम बानियाँले प्रदेश नम्बर ४ का सबै जिल्लाहरुमा काग्रेसलाई पहिलो शक्तिको रुपमा स्थापीत गर्न आगामी मसिंरमा हुने निर्वाचनमा पार्टीको पक्षमा नजिता ल्याउने गरि परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।