तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल

  • ३ आश्विन २०७४, मंगलवार
  • धिरन खत्री
  • 2856 पटक पढिएको

 

बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ ।

बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा कल्वले जनाएको छ । दसै पर्वको अवसरमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन प्रिक्वाटर चरणका छ वटा खेल भएका छन् ।

उत्साही समूह पर्वत बेनीलाई शून्यका विरुद्ध २ गोल गर्दै एभरग्रिन, मनसुन युवा कल्व चुत्रेनीलाई शून्यका विरुद्ध २ गोल गर्दै जलजला पर्वत बेनी, न्यु जेनेरेशन लाई शून्यका विरुद्ध ४ गोल गर्दै वौद्ध पहेलो र वौद्ध सेतोलाई शून्यका विरुद्ध २ गोल गर्दै रिभरर्साड क्वाटर फाईनलमा पुगेका छन् । सेभेन स्टारलाई एकका विरुद्ध चार गोल गर्दै न्यु दोभान पनी क्वाटर फाईनल प्रवेश गरेको छ । एभरग्रिन र कालीपुल युनाईटेडबीच भएको मंगलबारको अन्तिम खेलको निर्धारीत समयमा एक, एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ५ गोल गर्दै कालीपुल क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

असोज ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार प्राप्त गर्ने वौद्ध युवा कल्वले जनाएको छ । सेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशाशित टिमलाई दश हजार रुपैयाको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छछ हजार नगद सहित प्रदानपत्र प्रदान गरिने कल्वका अध्यक्ष बिजय किसानले बताउनुभयो ।

सो प्रतियोगिताको पुरस्कार राशी धौलागिरी क्षेत्रमा हालसम्म आयोजित प्रतियोगिता मध्यको सबैभन्दा बढी रहेको आयोजकले दावी गरेका छन् । वौद्ध युवा कल्वले प्रत्येक तिन वर्षमा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्थानीय कल्वमा सहभागी भएर खेल्नका लागि राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु पनी आएका छन् ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l