कस्तुरी सहकारीको आठौँ बार्षिक साधारण सभा सम्पन्न

  • ३ आश्विन २०७४, मंगलवार
  • धिरन खत्री
  • 1909 पटक पढिएको

म्याग्दी, ३ असोज । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीले कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीको सिद्धान्त अनुसार पारदर्शी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । साधारणसभाले अध्यक्ष राजेश शाक्यको प्रगति, कोषाध्यक्ष सुन्दरमान शेरचनको आर्थिक र लेखा समिति संयोजक नारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गरेको छ । साधारण सभामा एसईइ परिक्षामा उतकृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको थियो । जसमध्ये अनिशा श्रेष्ठ, शाकार श्रेष्ठ, प्रशँसा श्रेष्ठलाइ नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

संस्थामा २३९ सदस्यको एक करोड १० लाख ८७ हजार १ सय रुपैया शेयर पुँजी रहेको छ । गत आर्थिक वर्ष २०७३७४ मा ३९ करोड ६४ लाख ९५ हजार ६४५ रुपैया निक्षेप संकलन र २१ करोड ७७ लाख सात हजार ५६६ रुपैया कर्जा लगानी गरेको संस्थाले जनाएको छ ।

सहकारी अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दरकुमार श्रेष्ठको स्वागत र सचिव बिनय श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीले असोज ४ गते बुधबार स्थापना दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय परिसरमा महिला आश्रयस्थल भवन निर्माणका लागि बिस हजार रुपैया सहयोग गर्ने जनाएको छ ।

 

 

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l