मैत्रीपूर्ण फुटबल

  • २ आश्विन २०७४, सोमबार
  • 2633 पटक पढिएको

म्याग्दी २ असोज । तेस्रो संबिधान दिवस म्याग्दीमा सोमबारदेखि विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन थालीएको छ ।संबिधान दिवस मुल समारोह समितिको आयोजनामा त्रिदीबशिय कार्यक्रम गरेर दिवस मनाउन लागीएको हो । पहिलो दिन सोमबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । कर्मचारी र नेताजनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल खेलाइएको हो ।

मैत्रीपूर्ण खेल दुवै तर्फबाट एक एक गोलको बराबरीमा सकिएको थियो । जनप्रतिनिधिको नेतृत्व जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र कर्मचारीको टोलीको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले गर्नुभएको थियो ।

मंगलबार असोज ३ गते मुल समारोहको आयोजना गरिने भएको छ । वि.स २०७२ असोज ३ गते संबिधान सभाबाट संबिधान जारी भएको दिनको अवसरमा संबिधान दिवस मनाउने गरिएको हो ।