बिश्वकर्मा समाज कतारको तेस्रो बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । बिश्वकर्मा समाज कतारको हरेक बर्ष गरिँदै आएको बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम यस बर्ष पनि हर्ष उल्लास र बिभिन्न प्रस्तुतीहरुका साथ भब्य सम्पन्न भएको छ ।

कतार स्थित डल्ला ड्राईभिङ स्कुलको सभाहलमा सँञ्चालीत उक्त कार्यक्रमलाई नेपाली नियोग कतारका प्रथम सचिव नितेश सापकोटाले प्रमुख आतिथ्यता जनाउनु भएको थियो भने उक्त समारोहलाई बिश्वकर्मा समाज कतारका कार्यबाहक अध्यक्ष गम बहादुर सुनारले सभापतित्व गर्नु भएको थियो ।


कार्यक्रममा बिभिन्न बिश्वकर्मा कला र सँस्कृती झल्कने खालका कलात्मक दृष्यहरुका साथ सँञ्चालन भएको थियो ।

कतारमा रहेर कर्म गरिरहेका स्थानिय कलाकारहरुको प्रस्तुती सँगै नेपालबाट आमन्त्रीत राष्ट्रिय लोकदोहोरी गायकहरु राजन भुजेल र सुजन बराईली प्रमुख आकर्षँण रहेका थिए । कार्यक्रममा बिभिन्न सँघ सँस्थाका प्रतिनिधिहरु त्था सामाजिक अभियान्ताहरुले शुभ कामना मन्तब्यहरु ब्यक्त गरेका थिए  ।

गायक राजन भुजेल र सुजन बराईलीको प्रस्तुतीमा हल झुमेको थियो भने आफ्ना प्रस्तुतीले दर्शकहरुमाझ अँझै झुम्मिए दुबै ।स्टेजमै पुगेर गायक सुजन र राजनको गितमा नाचे दर्शक ।आफ्ना चर्चित गितहरुका साथ प्रस्तुत भएका दुबै गायक दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन कतै चुकेनन।

आजको बदलिँदो युगमा मानिसको एउटै पेसा र स्थान पक्कै पनि छैन ।कामको हिसाबले बर्गिकरण गरेर समाज धमिल्याउनु भन्दा पेशाको सम्मान र श्रमको उचित कदर हुनु पर्छ ।श्रम सँग जोडिएर कतै पुरातनमा केहि बर्ग र समाजले सामाजिक घेरा निर्माण गरेका छन भने पनि आजका पिँढिले त्यस्लाई चिरेर बास्तबिकता उजागर गर्न सक्नु पर्छ ।

भगवान बिश्वकर्मालाई एकात्रफ पुज्दै गर्दा बिश्वकर्माहरुमा समाजले के कसरी आफुलाई उभ्याएका छन त त्यो पनि सवालको बिषय हो । Source :faraksandesh.com