महिला उद्यम विकास समितिको साधारण सभाः उद्यमशिलतालाई अगाडी बढाउन सुझाव

  • ३१ भाद्र २०७४, शनिबार
  • धिरन खत्री
  • 2375 पटक पढिएको

म्याग्दी, ३१ भँदौ । उद्यमशिलताले आत्मनिर्भर बन्न सक्ने भएकाले महिलाहरुलाई उद्यमशिलतामा अगाडी बढ्न एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । म्याग्दी उद्योग बाण्ज्यि संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको सातौ साधारण सभा तथा पाचौँ अधिबेशनको अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।


कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका उप–प्रमुख सन्जु बरुवालले महिलाहरु उद्यमशिलतामा अगाडी बढ्न आबश्यक रहेको बताउँदै समितिले महिलाहरुलाई उद्यमी बन्नको लागि आबश्यक तालिमहरुको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले म्याग्दीमा महिलाहरु पनि उद्यमशिलतातर्फ आकर्षित भईरहेकाले आगामी नेतृत्वले समेत महिलाहरुको क्षमता र नेतृत्व विकास संगै उद्यमशिलताको विकासमा काम गर्न सुझाब दिनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले संघले जिल्लामा उद्योग क्षेत्रमा लिएको लक्षलाई पुरा गर्न महिला उद्यम विकास समितिको भुमिका महतवपुर्ण भएको बताउनुभयो । कार्यक्रममा संघका पुर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष कुविरकुमार श्रेष्ठ, संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठ , महिला उद्यम विकास समितिको आमन्त्रित केन्द्रिय सदस्य सृजना श्रेष्ठ, समितिका सल्लाकार अमृतादेवी बानियाँ , उद्यमी बिमला बरुवाल र पत्रकार धिरन खत्रीले शुभकामना मन्तव्य राखेको थिए ।

समितिका अध्यक्ष अमृता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव लक्ष्मी कुमारी कार्कीले प्रगति र कार्यवाहक कोषाध्यक्ष अम्विका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा जिल्लामा विभिन्न क्षेत्रमा ब्यवसायबाट सफल महिलाहरुलाई सम्मान गरिएको थियो ।

होटल ब्यवसायमा सविता शाही, सिलाई तर्पm डोलकुमारी बाँनिया, राईस मिलतर्फ मुना कुमारी शर्मा, मसला उद्योगमा गंगा खत्री र ब्युटिपालरमा रुपा थापामगरलाई सम्मान गरिएको थियो भने महासचिव लक्ष्मी कार्कीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त साधारण सभा तथा अधिबेशनबाट समितिको नयाँ कार्यसमिति चयन हुने छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l