मोना अन्तराष्ट्रियको सम्मेलन दरबाङमा हुँदै

  • २८ भाद्र २०७४, बुधबार
  • 2435 पटक पढिएको

 

म्याग्दी, २८ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको सम्मेलन तथा दोस्रो महाधिवेशन मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना आइसीको महाधिवेशन आगामी असोज २२ देखी २४ गतेसम्म दरवाङमा हुन लागेको हो । सम्मेलनलाई सफल बनाउन विभिन्न तयारीहरुलाई तिब्र पारिएको मोना अन्तराष्ट्रियका महासचिब घन शाहीले जानकारी दिए । शाहि नेतृत्वको टोलीले जिल्लामा आएर यहाँका सरोकारवालासंग सम्मेलनको तयारीबारे आबश्यक छलफललाई समेत तिब्रता दिएका छन् ।

२२ गते हुने उद्घाटन कार्यक्रममा विश्वभर रहेका म्याग्देलीहरुसंगै, एनआरएनका उच्च तहका व्यक्तिहरु, जिल्लाका जनप्रतिनिधि तथा सरोकारवाला र सर्वसाधारणको सहभागीता रहनेछ । सो अबसरमा मोना अन्र्तराष्ट्रियले नयाँ नेतृत्व चयन गर्नेछ । त्यस्तै म्याग्दीका जनप्रतिनिधि र सरोकारवालासंग बृहत अन्र्तक्रिया गरि जिल्लाको विकासमा मोनाको भूमिकाबारे घोषणापत्र समेत जारी गरिने मोना अन्र्तराष्ट्रियका महासचिब शाहीले जानकारी दिए ।

सोही अबसरमा पञ्चेबाजा र पूख्यौली नृत्य प्रतियोगिता संगै यानीमायाँ, सुनीमायाँ लगायतका लोपउन्मुख भाकाहरुको संरक्षणको लागि समेत प्रस्तुतीहरु राखीने र चर्चित राष्ट्रिय कलाकारहरुद्धारा बृहत साँस्कृतिक कार्यक्रम समेत राखिएको छ ।

यसैबिच सोही अबसरमा म्याग्दीका जनप्रतिनिधिहरुलाई जापनिज र नेपाली विशेषज्ञ डाक्टरहरुद्धारा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि अभिमुखीकरण समेत गराउने तयारी गरिएको छ । महाधिबेशनलाई सफल बनाउन मुलआयोजक समिति, सचिवालय, प्रचारप्रसार, आर्थिक, अतिथि लगाएतका उपसमितिको तयारी समेत तिब्र बनाएको मोनाका अध्यक्ष योगेन केसीले जानकारी दिए । जिल्लाको विकासमा लगानी भित्र्याउने उदेश्यले मोना अन्र्तराष्ट्रियले विश्वभर रहेका म्याग्देलिहरुलाई संगठीत बनाउने अभियान चलाएको छ । हालसम्म २४ मुलुकमा मोना म्याग्दीको गठन भईसकेको छ ।