एनआरएन युकेको अध्यक्षमा म्याग्दीका फगामी निर्वाचित

  • २५ भाद्र २०७४, आईतवार
  • 2787 पटक पढिएको

म्याग्दी, २५ भदौँ । गरै आवासीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्षमा म्याग्दीका योगकुमार फगामी निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्दी कृष्ण तिमल्सिना र हिराधन राईलाई पराजित गर्दै फगामी निर्वाचित भएका हुन् । फगामीले १ हजार २९८ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याएका थिए । फगामीको प्यानलले बढी सिट लिएका छन् ।


एनआरएनको उपाध्यक्षमा डा. प्रेमबहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् । महासचिव राजकुमार त्रिपाठी र उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल, सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह–कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचि भएका छन् । युवा सयोजकमा लालबहादुर गुरुङ र कुमार थापा निर्वाचित भएका छन् ।

सदस्यहरुमा अकराज तिमिल्सना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेविन्द्र थापा, पवन शमाए, पवन राई, विमल लिम्बु , मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए । आइसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।शनिबार लन्डनस्थित चार स्थानमा केन्दं स्थापना गरेर मतदान भएको थियो ।