मोना यूएईको पहलमा घतानका दिनेश रेग्मी घर फर्किए

  • २४ भाद्र २०७४, शनिबार
  • धिरन खत्री
  • 3289 पटक पढिएको

म्याग्दी, २४ भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको रासलखै स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मीलाई तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए ।


दुर्घटनाबको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट छुट्टी, काम गरेबापत पैसा र उपचार खर्च उपलब्ध नगराएको अवस्थामा मोना यूएईका अध्यक्ष प्रकाश कार्कीको सक्रियतामा घर फर्काउने ब्यवस्था मिलाएको छ । बाध्यताले विदेशिएका रेग्मीले यस्तो जीन्दगीमा हुन्छ पनि सोचेका थिएनन् । गत जुन महिनाको रमजममा छुट्टि थियो । साथीभाईसंग युएईको बर दुवैमा घुम्न निस्केका थिए । साथीसंग घुम्दै फोटो खिच्न चौरमा हिड्दा पानीको पाइपमा खुट्टा ठेस्सिएर पल्टिन पुग्दा स्टिलको तारमा उनको दाहिने हात पर्दा हातको नसा काटिएको थियो । पर्वको रमजममा रमाउन नपाउदै तत्काल एम्वुलेन्सले रसिद हस्पिटलमा पुगेका थिए । ढिला भएको भए ज्यान जाने खतरा थियो । यस्तो हुन्छ भन्ने सपनामा सोचेका थिएनन् एक्कासी एम्वुलेन्सको सहयोगमा हस्पिटलको बेडमा पुगिन्छ भन्ने !


उनको हातको सर्जरीपछि डाक्टरले लामो समय आराम गर्नुपर्छ भन्ने सुझाव दियो । प्रदेशमा न आफ्नो कोही न चिनेजानेका हस्पितलको बेडमा एक्लै कस्टकर दिनहरुसंगै बसेका थिए । लामो समयपछि हस्पितलबाट कम्पनीमा पुगेपटि साहुको कचकच सुरु भएको थियो । त्यो समयमा उनको साथमा पैसा पनि थिएन , तलवपनि दिएको थिएन । उल्टो आफैँ घुम्न गएको बेला बाहिर घटना परेको भन्दै उपचार खर्च तिर्न दबाब दिएको थियो । उपचारमा लागेको २० हजार दिराम ( नेपाली ४ लाख) तिर्न कम्पनीले दबाब सिर्जना गरेको थियो । उनले कम्पनीसंग सात बर्षको कमिसन र बाँकी तलब नदिएपनि घर पठाई भनेर कम्पनीको साहुसंग अनुरोध गरिरहदाँ उनलाई काम गर्ने दबाबले दुखेको पिडामा पिडा थपिएको थियो ।

रेग्मीलाई युएईमा मोना गठन भएको पनि थाहा थिएन् । म्याग्देली संस्था मोना युएईलाई पनि रेग्मी दुर्घटनाबाट समस्यामा परेको थाहा थिएन । छिमेकीको नाताले रेग्मीले जापानमा रहेका गणेश श्रेष्ठलाई बताएपछि मोना युएईलाई थाहा भएको थियो । खवर पाउन वित्तिकै संस्थाका अध्यक्ष प्रकाश काकी रासलखै स्थित कम्पनीमा पुगेर दिनेशको अवस्था बुजेका थिए । त्यसपछि निरन्तर कम्पनीको म्यानेजरलाई दबाब दिदै एक इमिग्रेसन अफिसरको सहयोगमा हवाई टिकट, तलब उपलब्ध गराउन सफल  भएको संस्थाका अध्यक्ष कार्कीले बताउनुभयो ।
घाउको पिडा र आर्थिक जुटाउन समस्या परेको बेला घर जान पाउदाँ दिनेशले युएईको आजीवन सदस्य सहित अन्य साथीभाईलाई मोनाको महत्व भन्दै मोना सहयोग कहिल्यै भुल्न नसकिने बताए थिए ।

मोना युएईका सल्लाकार प्रदिप सुवेदी, अध्यक्ष कार्की, सचिव सबास राम्जाली मगर, भलिबल खेलाडी रामकृष्ण केसीले एयरपोर्टमा पुगेर आजिबन सदस्यता प्रदान गर्दै रेग्मीलाई बिदाई गरेका थिए ।, रेग्मीले संस्था र अध्यक्ष प्रकासको सहयोगप्रति भावुक हुँदै विदाई भएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l