बेनी बजारमा बेबारिसे अबस्थामा भेटिईएकी महिलाको उद्धार गरियो

  • २२ भाद्र २०७४, बिहीबार
  • कमल खत्री
  • 9887 पटक पढिएको

म्याग्दी, २२ भदौ । म्याग्दी सदरमुकाम बेनीबाट एक बेबारिसे महिलाको उद्धार गरिएको छ । बेनी बजार क्षेत्रमा भेटिएकी करिब ३५ बर्षिया आफ्नो नामथर समेत बताउन नसक्ने महिलालाई उद्धार गरि संरक्षणको लागि मानव सेवा आश्रम बागलुङमा पठाईएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

बिगत केही समयदेखी बेनी बजारमा बेवारिशे अबस्थामा हिँडडुल गर्ने ति महिला तनाबको कारण मानसिक सन्तुलन गुमाएको हुनसक्ने भएकाले उनलाई सुरक्षित संरक्षणको लागि सो मानव सेवा आश्रममा पठाईएको प्रनाउ खड्काले बताउनुभयो । उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दी अन्र्तगत रहेको महिला तथा बालबालिका सेवा केन्द्रको सक्रियता र महिला मानव अधिकार रक्षक संजाल म्याग्दीको समन्वयमा खोजी तथा उद्दार गरीएको हो ।

बजारबाट फकाएर उद्धार गरि जिल्ला प्रहरी कार्यालय परिसरमा ल्याएपछि उनको कपाल काट्ने, नुहाईदिने लगायतका सरसफाई गरी आवश्यक लत्ता कपडा र दैनिक नित्यकर्मको सरसमानको ब्यबस्था गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएका महिला प्रहरीहरुको टोलिले मानव सेवा आश्रम बागलुङमा सुरक्षित संरक्षणको लागी पु¥याएका थिए ।

उचित वातावरण पाएमा उनको मानसिक सन्तुलन ठिक हुन सक्ने र परिवारले समेत खोजी गरेमा फेला पार्न सक्ने भएकाले वेवारिसे अबस्थाबाट उद्धार गरि उनलाई संरक्षणको लागि पठाईएको महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मीले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l